काठमाडाैं । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख २१ गतेदेखि २५ गतेसम्म पहिलो चरणअन्तर्गत ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको थियो।
उक्त सेयर बाँडफाँड गरेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा आईपीओ जारी गरेको हो । सर्वसाधारणका लागि जारी आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।




















प्रतिक्रिया