काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् ।
मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक बैठकमा सडक दुर्घटनाका कारण हुने मृत्युका विषयले ठाउँ लिइरहेको भएपनि मन्त्रालयले आवश्यक चासो नदिएको बताएका हुन् । उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर विषय भएको बताए ।
उनले भने, ‘संसद्को आकस्मिक बैठकमा धेरै भन्दा धेरै सडक सुरक्षामा मृत्यु भएको विषयले ठाउँ लिइरहेको छ । यस्तो संवेदनसिल विषयमा पनि मन्त्रालय गम्भीर नहुनु दुःखद हो । यस विषयमा उत्तर चाहिएको छ । सडक सुरक्षा विधेयक बनेको पाँचट वर्ष हुँदा पनि संसद्मा पेस गर्न सकेको छैन ।’
यातायात मन्त्रालयको जिम्मेवारी घटाउने विषय उठिरहेको अवस्थामा यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको बताए ।
उनले पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्थापनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको टिप्पणी गर्दै नीति तथा कार्यक्रममा हवाई, रेल, जल र सडक यातायातलाई समेटेर एकीकृत विकास प्रणालीको अवधारणा अघि सारिएको समेत बताए । तर, त्यसको कार्यान्वयनका लागि आवश्यक यातायात मन्त्रालयको भूमिकामा कमजोरी देखिएको बताए ।
उनले भने, ‘पूर्वाधार विकास मन्त्रालय भनेर यातायात मन्त्राललयलाई भनिएको छ । हाम्रो नीति कार्यक्रममा एकीकृत विकास प्रणाली गर्ने भनेर हवाई, रेल, जल र सडक राखेका छौँ । त्यो विकास गर्नको लागि यातायात मन्त्रालय चाहिन्छ । तर उहाँहरुलाई ठेकापट्टा लगाउँदै फुर्सद छैन ।’
उनले तीन खर्ब रुपैयाँभन्दा बढी बजेट भएको मन्त्रालयले धेरै काम गर्नुपर्ने हुन्छ, तर यातायात व्यवस्थापनले ध्यान नदिएको बताए ।
‘विकास गर्नको लागि यातायात मन्त्रालय चाहिन्छ । तर उहाहरु लाई ठेका पटा लगाउँदै फुर्सद छैन । कतिवोला उहाँहरुले यातायात व्यवस्था गदिनु हुम्छ । बैठकमा नै पाउन पाउनु हुन्न कुरा राख्नु हुन्न । ३ खर्बको बजेट उहाँहरुसँग छ । ३ खर्बको काम धेरै हुन्छ । त्यसले गर्दा यातायातमा ध्यानै गएन,’ उनले भने ।
वर्तमान पुस्ताको मात्र नभई भावी पुस्ताको सुरक्षाका लागि पनि सडक सुरक्षा र यातायात व्यवस्थापनलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उनले उल्लेख गरे ।




















प्रतिक्रिया