काठमाडौं । विद्युतीय राहदानी (पासपोर्ट) छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोमबार आयोगले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दायर गरेको हो ।
उजुरीमा राजमार्ग विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्य लगायतलाई विपक्षी बनाइएको छ । राहदानी छपाईको हकमा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ खर्च भएको छ।
उक्त मुद्दामा १० जना कर्मचारी, दुई कम्पनी, चार विदेशी नागरिक र एक जर्मन कम्पनीका दुई नेपाली प्रतिनिधिलाई सजायको माग गरिएको थियो ।




















प्रतिक्रिया