Logo

राजनीति

पूर्वअर्थ मन्त्री पौडेललाई नेपालगञ्ज लगियो



काठमाडौं। नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थ मन्त्री विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगिएको छ।

एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भएका उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

सुर्खेतबाट काठमाडौंका लागि सीधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज लगिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैँ होटल पुगेर पौडेललाई पक्राउ गरेका थिए।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार १९:३८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।