काठमाडौं । घर बनाउने वा खरिद गर्ने योजनामा रहेका ग्राहकलाई लक्षित गर्दै कुमारी बैंकले आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले ७ वर्षसम्म वार्षिक ६.४९ प्रतिशत स्थिर (फिक्स्ड) ब्याजदरमा ‘कुमारी घर कर्जा’ उपलब्ध गराउने घोषणा गरेको हो।
बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकले निश्चित अवधिसम्म एउटै ब्याजदरमा कर्जा सुविधा पाउने भएकाले मासिक किस्ताको योजना बनाउन सहज हुनेछ। ब्याजदरमा हुने उतारचढावको असरबाट पनि ग्राहक जोगिने बैंकको भनाइ छ।
कुमारी बैंकले कर्जा स्वीकृति प्रक्रिया छिटो हुने र आवश्यक कागजात पूरा गरेपछि द्रुत रूपमा कर्जा प्रवाह गरिने जनाएको छ। आफ्नै घर बनाउने, अपार्टमेन्ट खरिद गर्ने वा घर मर्मत तथा नवीकरण गर्न चाहने ग्राहकले पनि यस योजनाबाट लाभ लिन सक्ने बैंकले उल्लेख गरेको छ।
बैंकले थप जानकारीका लागि आफ्नो शाखा कार्यालय, ग्राहक सेवा केन्द्र वा डिजिटल माध्यमबाट सम्पर्क गर्न आग्रह गरेको छ।
ग्राहकले ०१–५९७०४९९ मा सम्पर्क गरी पनि आवश्यक जानकारी लिन सक्नेछन्।
घर स्वामित्वको सपना साकार बनाउन सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस योजनाले स्थिर ब्याजदर र छिटो कर्जा स्वीकृतिको सुविधा प्रदान गर्ने बैंकको विश्वास छ।




















प्रतिक्रिया