Logo

अर्थ

राष्ट्र बैंकले दियाे बाढी पीडितका लागि १ करोड ३८ लाख



काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

राष्ट्र बैंकका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकका पदाधिकारी तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका हुन्।

राष्ट्र बैंकले सोमबार जारी गरेको विज्ञप्तिमा गभर्नर, डेपुटी गभर्नरसहित करार सेवामा कार्यरत कर्मचारीले समेत सहयोग रकम संकलनमा सहभागिता जनाएको उल्लेख गरेको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढी प्रभावित क्षेत्रमा अहिले उद्धार, राहत वितरण तथा पुन:स्थापनाका कार्य जारी छ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार १८:२६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।