Logo

प्रमुख समाचार

बाढी प्रभावित आयोजनामा खोज तथा उद्धार जारी : प्रधानमन्त्री शाह



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते लाङटाङ हिमालमा गएको हिमपहिरोपछि भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको बताएका छन्।

उनका अनुसार रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली परिचालन गरिएको छ। खोजीका क्रममा विभिन्न आयोजनाबाट ६ जनाको शव फेला परेको र ३ जनाको उद्धार गरिएको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले जोखिमपूर्ण अवस्थामा समेत सुरक्षाकर्मीले खोज तथा उद्धार जारी राखेको भन्दै आवश्यकताअनुसार मित्रराष्ट्रबाट आएका विशेषज्ञ टोलीको समेत सहयोग लिइरहेको बताएका छन्।

उनले प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी अन्तिमसम्म जारी राखिने प्रतिबद्धता जनाउँदै धैर्य र सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार १९:५६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।