Logo

समाचार

बाढी प्रभावितका लागि युलेन्स फाउन्डेसनले २० लाख सहयोग



काठमाडौं । युलेन्स एजुकेसन फाउन्डेसनले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरुको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था ‘एक्सन टिम फर पार्टनरसिप’ (एटीपी), बोर्ड अफ ट्रस्टिज, शिक्षक तथा कर्मचारीको संयुक्त पहलमा उक्त रकम संकलन गरिएको फाउन्डेसनले जनाएको छ।

बाढीबाट विस्थापित परिवार तथा विद्यार्थीलाई तत्काल राहत, खाद्यान्न र अस्थायी बासस्थान व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको फाउन्डेसनको भनाइ छ।

चेक हस्तान्तरणका क्रममा अध्यक्ष पनेरुले विगतमा आफ्नै विद्यालयका भौतिक संरचनासमेत विपद्बाट प्रभावित भएको स्मरण गर्दै विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनु आफ्नो दायित्व भएको बताए।

फाउन्डेसनले दुई दशकभन्दा बढी समयदेखि शिक्षालाई कक्षाकोठाको ज्ञानमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व, सहानुभूति र अप्ठ्यारो अवस्थामा एकअर्कालाई सहयोग गर्ने संस्कारका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

 

 

 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार २१:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।