Logo

बैंकिङ

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औँ शाखा संचालन



धनगढी । एभरेस्ट बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो बैंकको १३४औँ शाखा हो।

बैंकले क्याम्पस चोकमा आफ्नै भवन निर्माण गरी शाखासँगै सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत सोही भवनमा स्थानान्तरण गरेको जनाएको छ। अब प्रदेश कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवा नयाँ भवनबाटै सञ्चालन हुने बैंकले जनाएको छ।

नयाँ शाखा सञ्चालनसँगै सुदूरपश्चिम प्रदेशमा एभरेस्ट बैंकका शाखाको संख्या १५ पुगेको छ।

शाखाको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिनालगायत उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो।

क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ। बैंकका अनुसार नयाँ शाखामार्फत स्थानीय ग्राहकलाई थप सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार २१:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।