काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह कतार एअरवेजमार्फत दोहा ट्रान्जिट हुँदै अमेरिकाको न्यूयोर्क पुग्नेछन्। महासभाको कार्यक्रमअनुसार उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन्।
महासभामा सहभागी भएपछि प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

















प्रतिक्रिया