Logo

अर्थ

अर्थ समितिले पूँजी बजार सुधारबारे छलफल गर्ने, धितोपत्र बोर्डसहितका निकायलाई बोलायो



काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउने विषयमा छलफल गर्ने भएको छ।

समितिले असोज १४ गते बुधबार बिहान ८:३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समितिको सभाकक्षमा बैठक बोलाएको हो।

बैठकमा धितोपत्र निष्कासन तथा सूचीकरण, बजार सञ्चालन र नियमन तथा लगानीकर्ताको हित संरक्षणलगायत विषयमा छलफल हुने समितिले जनाएको छ। पूँजी बजारलाई थप व्यवस्थित र लगानीमैत्री बनाउन आवश्यक सुधारका विषयमा सम्बन्धित निकाय तथा संघ–संस्थाका प्रतिनिधिसँग समितिले सुझाव लिनेछ।

छलफलका लागि अर्थ मन्त्रालयका सचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत र सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई बोलाइएको छ।

त्यस्तै, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, नेपाल सेयरधनी संघ, नेपाल सेयरबजार लगानीकर्ता संघ र नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्षलाई पनि बैठकमा आमन्त्रण गरिएको छ।

 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार २०:३१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।