Logo

अर्थ

तोलामा ३८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ९४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी १४५ रुपैयाँ घटेको थियो । आज चाँदीको मूल्य तोलामा ४ हजार ३९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५१० रुपैयाँ थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार ११:२३   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।