काठमाडौं । पहिला दुईचोटी संवैधानिक राष्ट्रपति भएकी एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीको सेवा, सुविधा त्यागेर पार्टीमा फर्कँदा केपी ओलीले ढिम्कनै दिएनन् । जब आफ्नो कमजोरीले पोल्न थाल्यो । जेनजी आन्दोलनले सेनाको सुरक्षामा रहँदा पनि ज्यान नबच्ने स्थिति आएपछि बालुवाटारबाटै भाग्न परे पनि ओलीलाई हिनताबोध भएन ।
उल्टै ११ औं महाधिवेशन गरेर आफै सर्वेसर्वा भएका ओली आफैले काखी च्यापेका आसेपासेबाट विकल्प खोजिँदा विधान तोडेर आफैले लखेटेकी विद्यालाई आफै पछिको शक्तिशाली पद दिलाएका छन् ।
सत्तामा हुँदा केपी ओली संविधान भन्दामाथि भएपछि पार्टीको विधानभन्दा तल हुने ठाउँ भएन । विधानको कुन धारामा विद्या वरिष्ठ नेता हुन् ? एमालेका अन्य नेताहरुल त्यस्ता ईस्यु उठाउने गरेका छन् ।
तीनले ओलीका कमजोरी स्वीकारेकै कारण विकल्प खोजीलाई विषय बनाएका छन् । गोदावरी बैठकले ओलीको इच्छामा विधान बनाउँदा केन्द्रीय समिति बैठक आफैले सञ्चालन गरेर संकर पोखरेलको महासचिव पदलाई धरापमा पारेकै थिए ।
एालेको दोस्रो पुस्ता पनि चोखो छैन । योगेश भट्टराई, पद्मा अर्याल, डा. राजन भट्टराई, शेरधन राई, भानुभक्त ढकाल, आज गणनामा छैनन् । रघुवीर महासेठ, रघुजी पन्त, पृथ्वी सुब्बा गुरुङजस्ता नेताहरु पार्टीमै अफापसिद्ध भइसकेका छन् । जसरी ओलीको विकल्प खोजेका विष्णु पौडेल, शंकर पोखरेलहरुको गणना गर्न ओलीले छाडेका थिए । स्थानीय चुनाव आउँदैछ ।
एमालेले जितेका पालिकाहरुमा भ्रष्टचार र बेरुजुको चाङ लागेका छन् । पार्टीमा एक्लिने भएपछि विधानको ख्याल नगरी आफ्नै रफ्तारमा ओली दौडिएका छन् ।




















प्रतिक्रिया