काठमाडौं । कात्तिक ११ गतेदेखि १५ गतेसम्म देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
सम्भावित वर्षालाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग तथा बीपी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन, वर्षाको जोखिमलाई ध्यानमा राखेर बाली नकाट्न तथा हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न मौसमविद्हरूले अनुरोध गरेका छन् ।
वर्षाका कारण सडकमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्न सक्ने भएकाले यात्रामा निस्कनुअघि मौसमको अवस्था र सडकको जानकारी लिन आवश्यक देखिन्छ ।
त्यस्तै, किसानहरूले पनि मौसमको पूर्वानुमानलाई ध्यानमा राख्दै कृषि उपज भित्र्याउने तथा भण्डारण गर्ने विषयमा सतर्कता अपनाउनुपर्नेछ । हिमाली तथा पहाडी क्षेत्रमा पदयात्राको योजना बनाएकाहरूलाई मौसम अनुकूल नभएसम्म यात्रा स्थगित गर्न सुझाव दिइएको छ ।




















प्रतिक्रिया