Logo

समाचार

साढे सात लाखको अवैध सामान बरामद



सिरहा । सशस्त्र प्रहरीले सिरहाका विभिन्न सीमा क्षेत्रबाट ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको चेकजाँच तथा कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामग्री, कस्मेटिक सामान र कपडालगायतका वस्तु बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामग्रीको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको सशस्त्र प्रहरीको भनाइ छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

सीमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण गर्नुका साथै सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निगरानी र चेकजाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० सुमनजंग थापाले बताए।

उनका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा सुरक्षा कारबाहीलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आईतवार ०९:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।