Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७३, हर्न निषेधमा ४, लेन क्रसमा २, अवस्था ठिक नभइको ८, एकतर्फीमा ३ र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार ०७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।