Logo

खेलकुद

यु-१९ एसिया कप क्रिकेट: भारतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल



काठमाडौं । एसीसी यू-१९ एसिया कप अन्तरगत नेपालले आफ्नो पहिले म्याच शक्तिशाली भारतविरुद्ध खेल्दैछ । भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दियो ।

खेल ओमानको अल अमेरातमा सुरु भएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले भारतपछि २२ गते युनाइटेड अरब इमिरेट्स (युएई) र २४ गते पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्टले अवसर पाएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १०:५१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।