काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।
दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ। आजको खेल जित्ने टोली सिधै प्लेअफमा पुग्नेछ।
खेलका लागि सुदूरपश्चिमले प्लेइङ–११ मा दुई परिवर्तन गरेको छ। अभिनाश बोहराको स्थानमा दीपक बोहरा र सइफ जैबको स्थानमा फाबियन एलनलाई मौका दिइएको छ।
यता, काठमाडौं गोर्खाजले पनि टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ। अस्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अस्ट्रेलियाका साम हिजलेटले प्लेइङ–११ मा स्थान बनाएका छन्।





















प्रतिक्रिया