काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ। पोखरा सभागृहमा आयोजना हुने अधिवेशनको उद्घाटन कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको छ।
गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै आएको देउवा पक्षले समानान्तर संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। सोही क्रममा प्रदेश अधिवेशन गर्न लागिएको हो।
यसैबीच, देउवा पक्षले मंसिर २१ गतेदेखि काठमाडौंमा महाधिवेशन सुरु गर्ने तयारी गरेको छ।





















प्रतिक्रिया