Logo

समाचार

विमानस्थलमा तिहार मनाएर काठमाडौं फर्कने र छठ मनाउन बाहिरिनेको चहलपहल



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा तिहार मनाएर काठमाडौं फर्कने र छठ पर्व मनाउन बाहिरिने यात्रुको चहलपहल देखिएको छ ।

तिहारको बिदा सकेर काममा फर्किनेहरु काठमाडौं आउने क्रम जारी छ भने छठ मनाउन आफ्नो गृहजिल्ला जानेहरू पनि विमानस्थलमा देखिएका छन ।

चाडपर्वका कारण काठमाडौं बाहिरिने र काठमाडौं फर्किने यात्रुको आवागमन बढेको छ ।

यता, चाडपर्वको समयमा पनि विदेशिने नेपालीको क्रम भने रोकिएको छैन । रोजगारी, अध्ययन तथा अन्य कामका लागि विदेश जानेहरु पनि विमानस्थलमा लर्को देखिएको छ ।

यसरी तिहार सकिएसँगै काठमाडौं फर्किने, छठ मनाउन बाहिरिने र विदेश जाने यात्रुका कारण विमानस्थलमा चहलपहल बढेको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १३:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।