Logo

राजनीति

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान गरे



काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड शुक्रबार (कात्तिक २७) सम्मेलनमा भाग लिन त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा सम्मेलन हुँदैछ।

प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि सम्मेलनमा सहभागी हुने नेकपाका सचेतक युवराज दुलालले जानकारी दिएका छन्।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १३:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।