काठमाडौ । एनपीएल क्रिकेटमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आज जीत हात पार्दै शीर्ष स्थानमा उक्लने दाउमा छ भने बिराटनगरका लागि प्ले अफमा पुग्न आज जीत अनिवार्य छ । साविक बिजेता लुम्बिनी प्ले अफमा पुग्ने पहिलो टोली हो ।
६ खेल खेलेकोमा ४ मा जित र एकमा मात्र हार बेहोरेको लुम्बिनीले भने कर्णाली याक्स, जनकपुर बोल्ट्स,पोखरा एभेन्जेर्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो भने काठमान्डु गोर्खाजसँग पराजित भएको थियो ।
चितवन राइनोजसँगको खेल भने रद्द हुँदा अंक बाँडेको थियो । विराटनगर अंक तालिकाको पाँचौं स्थानमा छ । उसले अहिलेसम्म ६ खेल खेलेकोमा तीनमा जित र तीनमा हार बेहोरेको छ ।
विराटनगरले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । काठमान्डु गोर्खाज,चितवन राइनोज र कर्णाली याक्ससँग भने विराटनगर पराजित भएको थियो ।
त्यसैले आज लुम्बिनी केही सहज र बिराटनगर केही दबाबको अवस्थामा हुने छ ।





















प्रतिक्रिया