Logo

खेलकुद

अस्ट्रेलियालाई हराउँदै धोनीले बनाए यस्तो रेकर्ड



दुई म्याचको टि-२० सिरिज २-० ले ने पाहुना टोलीलाई सुम्पेको भारतले पाँच म्याचको एकदिवसीय खेलमा भने गतिलो सुरूवात गरेको छ।

उसले १-० को अग्रता कायम गरेको छ। सो खेलमा नायक बनेका थिए महेन्द्र सिंह धोनी र केदार जाधव। यी दुईको जोडीले १२ रनमा ती विकेट गुमाएर घर्मराएको टिमलाई सम्हाल्दै जित दिलाएका थिए।

सो खेलमा धोनीले जाधवसँग १४४ रनको पारी खेले।

जितसँगै धोनीले यस म्याचबाट भारतका लागि सर्वाधिक छक्का बनाउने खेलाडी पनि बने। उनले यो रेकर्ड सो खेलको ३७ औं ओभरमा बनाएका हुन्। योसँगै उनले २१६ छक्का पूरा गरे जुन भारतिय खेलाडीमा सर्वाधिक हो। उनी पछि रोहित शर्माले २१५ छक्का प्रहार गरेका छन्।

भारतिय खेलाडीमा यो रेकर्ड धोनीको नाममा भए पनि विश्व क्रिकेटमा भने पाकिस्तान शाहिद अफ्रिदीको नाममा छ। उनले ३५१ छक्का प्रहार गरेका छन्। दोश्रो नम्बरमा वेस्ट इन्डिजका ग्रिस गेल (३०५) छन्।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार ०४:४३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।