Logo

खेलकुद

नवलपुर खोखो खेलमा महिला पुरुष दुवैतर्फ प्रथम



आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको प्रदेश स्तरीय छनौट खेलमा नवलपुर जिल्लाले खोखो खेलमा महिला पुरुष दुवैतर्फ प्रथम स्थान हासिल गरेको छ ।त्यसैगरी खोखो खेलमा महिला तर्फ कास्की दोस्रो भएको भने पुरुषतर्फ गोरखा दोस्रो र कास्की तेस्रो भएको छ ।

नवलपुरको कावासोतीमा रहेको जीवन ज्योति माविमा भएको कबड्डी र खोखो खेल मध्ये खोखोको परिणाम आइसकेको छ ।त्यस्तै महिलातर्फको कबड्डीको पनि खेल सकिएको छ । कबड्डीमा महिलातर्फ कास्की प्रथम भएको भने म्याग्दी दोस्रो र नवलपुर जिल्ला तेस्रो भएको छ ।

पुरुषतर्फको फाइनल खेल भने मंगलबार हुने जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीले बताए ।पुरुष तर्फको कबड्डीको फाइनलमा नवलपुर र कास्की जिल्ला पुगेको छ । फाइनल खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।