एआईबीटी प्रकरणमा मुख्य दोषि मानिएको मर्सी एजुकेशनका सञ्चालक राम टण्डन फरार अवस्थामा छन् । एआईबीटी मुद्दा बाहिरिए लगत्तै विद्यार्थीको समस्या हल गर्न नसकेर फरार भएका राम टण्डन अझै फरार छन् ।
उनले एआईबीटीमा मात्र १३२ जना विद्यार्थी पठाएर अलपत्र पारेका छन् । अन्य कलेजहरुको हिसाब गर्दा करिब ३ सय बढि विद्यार्थी अलपत्र पारेको आन्तरिक स्रोतले बताएको छ ।
यो पनि पढ्नुहोस्
विद्यार्थी अलपत्र पार्ने कन्सलटेन्सीको लिष्टमा पहिलो नम्बरमा रोयल एजुकेशन
ईक्यान अध्यक्ष पाण्डेको अर्को रहस्य खुल्यो, काठमाडौंका चार कलेजबाट करोडौं ठगी
यि हुन् नेकपाको संरक्षणमा अष्ट्रेलियामा नेपाली बिचल्ली पार्ने ईक्यानका अध्यक्ष पाण्डे
मर्सि एजुकेशनका सञ्चालक राम टण्डन फरार
नेपाली राजदुताबास अष्ट्रेलियाका अनुसार दर्जनौ पटक उनलाई सम्पर्कमा आउन आह्वान गरिसकिएको भएपनि उनी सम्पर्कमा आएका छैनन् । अहिले उनलाई कारवाहि गर्नका लागि राजदुतावास आफै खोजीमा जुटेको छ ।
राजदुबासकै केहि कर्मचारीसंग आर्थिक लेनदेन गरेर जोगिने बाटो खोजीरहेका उनलाई केहि कर्मचारीहरुले सघाई रहेको स्रोतले जनाएका छ । उनले कर्मचारीलाई ७ लाख रुपैया दिएर कुरा मिलाउने प्रयास गरेको स्रोतले जनाएका छ ।



















प्रतिक्रिया