Logo

राेजगार

शिक्षक आयोगले भन्यो लाईसेन्स अब केही दिनपछि अनलाईनमा, फारम भर्न तयार हुनुहोस् !



अध्यापन अनुमतिपत्रको विज्ञापन प्रकाशित भएको छैन, अनलाइन एप्लिकेसन दरखास्त फाराम भर्ने परीक्षणका लागि मात्र हो अभ्यास गर्न सक्नुहुनेछ अध्यापन अनुमतिपत्रको विज्ञापन प्रकाशित भएको छैन, अनलाइन एप्लिकेसन दरखास्त फाराम भर्ने परीक्षणका लागि मात्र हो अभ्यास गर्न सक्नुहुनेछ ।

१. सर्वप्रथम आयोगको वेवपेज www.tsc.gov.np मा जाने

२. होमपेजको अनलाइन एप्लिकेसन भन्ने वटनमा जाने ।

३. तपाइ नयाँ युजर हो भने नयाँ भन्ने वटनमा क्लिक गर्ने । दोस्रो, तेस्रो चोटी प्रयोग गर्दा पासवर्ड विर्सिनु भयो भने पासवर्ड भुल्नुभयो भन्ने वटनमा जाने ।

४. नयाँ युजरको लागि नयाँ भन्ने वटनमा क्लिक गरी आफ्नो विवरण सहि र पछि फरक नपर्ने गरी भरी create भन्ने वटनमा क्लिक गर्ने ।

५. एक्टीभेसन कोड टाइप गर्ने कोठा आउछ त्यसमा कोड राख्ने त्यो कोड तपाइको इमेलमा १–२ मिनेटको अन्तरमा जिमेल र याहोमेलको हकमा spam मा, हटमेलको हकमा Junk mail आउन्छ त्यो कोडलाई युजर एकाउन्ट वनाउने ठाउँमा टाइप गर्ने ।

६. पासवर्ड टाइप गरी अनलाइन फाराममा दिएको निर्देशन वमोजिम सहि तथ्य सहितको पछि फरक नपर्ने गरी फाराम भरी परीक्षाको लागि योग्य उम्मेदवार वन्नोस र अन्तमा लगआउट गर्नोस ।

७. फाराम भर्दा केहि त्रुटि भएको खण्डमा दरखास्त फाराम भर्ने अन्तिम म्याद अगावै सच्याउनुहोस् । ८. फोटो र दस्तखत अपलोड गर्दा दिएको निर्देशन वमोजिमको साइजमा jpeg/jpg फरम्याटमा अपलोड गर्नुपर्नेछ ।

९. वधाइ छ तपाइको अध्यापन अनुमतिपत्रको फाराम पेश भयो भन्ने मेसेज आएपछि फाराम भरिएको मानिनेछ ।

१०. तपाइ योग्य उम्मेदवार हो भन्ने आयोग सुनिश्चित भएमा तपाइ स्वंयले प्रवेशपत्र प्रिन्ट गरी सोही प्रवेशपत्रको खाली ठाउँमा अनलाइन फाराम भर्दाको फोटो टाँसी आफ्नो दस्तखत गरी परीक्षा हलमा आउनु पर्नेछ अन्यथा परीक्षा हलमा प्रवेश गराउन आयोग वाध्य हुने छैन ।

हाललाई यो अनलाइन एप्लिकेसन दरखास्त फाराम भर्ने परीक्षणका लागि मात्र हो अभ्यास गर्न सक्नुहुनेछ तर हालका मिति सम्म अध्यापन अनुमतिपत्रको विज्ञापन प्रकाशित भएको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ०२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।