Logo

मनोरञ्जन

सरापेको निर्देशन र अभिनय रहेको “ लुरे पोईकाण्ड” ट्रेडिङमा



नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अबसर पारेर बिभिन्न गितहरु बजारमा आउनेक्रम जारी छ । यो वर्षको तीज पनि नजिकिँदै छ । धमाधम तीज गीतहरू बजारमा आइरहेका छन् ।

यही तीज गीतहरूका भिडमा एउटा नयाँ स्वाद दिने तीज गीत बजारमा आएको छ । देबी घर्ति मगर र गोबिन्द चापागाईको स्वरमा रहेको “ लुरे पोईकाण्ड” बोलको तीज गीत सार्वजनिक भएको हो ।

पछिल्लो समयमा सुभारम्भ डिजीटल म्यूजीकको प्रस्तुतिमा सपना सापकोटाको तीज गित “लुरे पोईकाण्ड” बजारमा आएको हो । राजु केसीको शब्द र सपना सापकोटाको सङ्गीतमा रहेको उक्ले गीतले नेपालको पछिल्लो समय तन्नेरी (बुढा बुडी) बिशेष गरेर श्रीमान श्रीमतिलाई व्यंग्य गरेको छ जो मोटो पातलो  भएर जीवन गुजारा गरेका छन् ।

सिन्धुली जिल्लामा जन्मिएर कलाकारितामा प्रवेश गरेका कलाकार यादब देवकोटा पछिल्लो समय बिभिन्न कमेडी सिरियल कमेडी गीत तथा तीजगीतहरु विशेष गरेर रुचाइएको कलाकार भित्र पर्छन ।

उक्त गीतको भिडियोलाई चर्चीत हास्य कलाकार यादब देबकोटा सरापेले निर्देशन गरेका छन् भने सम्पादन राजकुमार मगरले गरेका छन् । यादब देबकोटा सरापे, सपना सापकोटाको अभिनय रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार ०९:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।