Logo

मनोरञ्जन

फेसबुकमा गाली खाएपछि करिष्माले यसरि मागिन माफी



केहि दिन पहिले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखेर निकै गाली खाएपछि नायिका करिष्मा मानन्धरले त्यसको जवाफ दिएकी छिन् । उनले आफ्नो भनाई एउटा रहेको तर आम सर्वसाधारणले अर्कै बुझेको भन्दै त्यसको खण्डन गरेकी हुन् ।

उनले त्यहाँ भेडो शब्द प्रयोग गरेकी थिइन् र जनतालाई भेडो भनेको भन्दै उनको स्टाटसमा थुप्रै कमेन्टहरु आएका थिए । उनले आफ्नो कुनैपनि विषयमा गलत नियत नरहेको र कोहि कसैलाई यसबाट नराम्रो असर पुगेको भए माफि समेत मागेकी छिन् ।

उनले पहिले लेखेको स्टाटस

जवाफमा अर्को स्टाटस

आदरणीयहरु मा के आग्रह गर्न चाहान्छु भने कुनैपनि शब्दको अतिवादी सोच बनाउदै तेस्को काल्पनिक अर्थ नलगाई दिनु होस, म पनि जनता ले नै बनाएको मानिस हु, समाज प्रती उतरदाइत्व महसुस गर्ने मानिस हु । तेसैले जब केही चित्तबुझ्दो नलागेमा सामाजिक संजाल मा केही लेख्ने गर्छु । अस्ति लेखेको लेखमा जुन शब्द प्रयोग गरेको थिये त्यसामा जनतालाई भेडा भनेको होइन, भेडो सोझो हुन्छ, खराव होइन ! त्यो भेडो पनलाई इन्कित गरेको हु ।

नेपाल को जनसंख्या २६४९४५०४ सबै मेरा प्यारा र आदरणीय हुनुहुन्छ, वाहाहरु को मायाले आज यो कलाकार करिश्मा मानन्धर छ ।

तर के चाहिँ हो भने कतिपय आवस्थामा हाम्रो अग्रिम या छिटो प्रतिक्रियाले परिस्थिति असहज बनाउछ, कतिपय कुरामा राज्यको कामकारबाही असहज हुन्छ, हामी एउटा कानुनी राज्यमा बस्छौ कि त यो देशको कानुन नमान्न पर्यो कि राज्यलाई सहयोग पुराउनु पर्यो ! राज्यको कामकारबाही सहि नभएमा अवस्य पनि आपत्ति उठाउनु पर्छ ।

सहि तरिकाले काम गर्नु शान्ति सुरक्षा कायम गर्नु राज्यको दाइत्व हो । फेरि यो मैले अहिले भैरहेको केस बारे भनेकै होइन यो हरेक केस मा हो । राज्यले सहि तरिकाले कामकामकारबाही गर्न असमर्थ भयेका कारण अराजकता फैलियो भनेको हु । अन्त्यमा मेरो शब्दले मेरो शब्द अफुलाइ भनेको हो भनेर रिसाउनु भएको छ भने माफ गरिदिनु होला । त्यो कुनै व्यक्तिलाई भनेको होइन प्राविधिलाई भनेको हु जसबाट हामी सबै बच्नु पर्छ । शुभदिन

यो पनि पढ्नुहोस् 

रवि लामिछानेबारे बोलिन करिश्मा मानन्धर, किन यसो भनिन् ?

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १५:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।