लामो समयपछि नेपाली कांग्रेसको केन्द्रिय समितीको बैठक बस्यो । नेताहरुले आफ्ना विभिन्न धारणाहरु प्रस्तुत गरे । यसैविच नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाको हरेक स्थानमा कस्तो विचार राखिरहेका छन भन्ने कौतुहलता पार्टीभित्र र बाहिर हुने गरेको छ । आगामी केन्द्रिय महाधिवेशनमा सभापतिको उम्मेद्धारी दिने चर्चाका कारणपनि उनको हरेक अभिव्यक्तिको महत्व रहेको उनिनिकट नेताहरु बताउछण ।
२०७६ भाद्र १३ गते नेपाली कांग्रेस केन्द्रिय कार्यसमिती बैठकमा केन्द्रिय सदस्य डा शेखर कोइरालाले राखेको मन्तब्यको सम्पादित अंश यस्तो छ ।
१. नेपाली जनता र ब्यावसायीहरु करको चरम मारमा परेका छन् । मुल्यबृद्धि आकासिएको छ।किसानका समस्या दिनानु दिन बिकराल बन्दै गएको छ। भ्रष्टाचार संस्थागत ढंगले अगाडी बढीरहेको छ। त्यसैको ज्वलन्त उदाहरण हो वाईडबडी प्रकरण। जनताले शुसासनको कत्ती पनी अनुभुती गर्न पाएका छैनन्।सरकार आर्थिक,सामाजिक र राजनितीक सबै प्रकारले असफल भएको छ। यसप्रती पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न जरुरी छ। देशको अर्थतन्त्र ओरालो लागीरहेको छ।प्रधानमन्त्री ज्युले आर्थीक बृद्धि दर ७.५ छ भन्नुभएको छ। तर बास्तविक ६.५ मात्रै छ। सरकार झुटमाथी झुटको खेती गरिरहेको छ तर हामीले सरकारका गलत कुरालाई बाहीर ल्याउँन सकिरहेका छैनौं।
२. महिला र पुरुषका बिचमा नागरिकताको समान हक हुने कि नहुने ? नेपाली नागरिकसँग बिहे गरेर आएका बिदेसी महिला वा पुरुषलाई कहिले नागरिकता दिने ? आमाको नामबाट नागरिकता दिने कि नदिने रु बिदेसीलाई यसरी नागरिकता दिंदा कसरी राष्ट्रिय सुरक्षामा कसरी आँच आउँछ ? के यसले राष्ट्रियतामा खतरामा पर्छ ? नागरिकताका सवालमा बिभेद नगरौं।
२०७५ सम्म बिदेसबाट बिहे गरेर आएका महिलाको संख्या ४ लाखको हाराहारीमा छ। गृहमन्त्रालयको रिपोर्ट हेर्ने हो भने २०६४ मा सरकारले २६ लाख ७० हजार नागरिकता बितरण गर्यो। बंसजको आधारमा हिमाल र पहाडमा १३ लाख र तराई—मधेसमा १२ लाखले पाए। १ लाख ७० हजारले जन्मसिद्धको आधारमा नागरिकता पाए। नागरिकताका सवालमा अन्तरिम संबिधानमा जे छ त्यसैमा कांग्रेस अड्नुपर्छ।
३. सरकारले सर्वदलिय बैठक बोलाएर गणतन्त्र,संघियता,धर्म निरपेक्षता र समावेसीता माथी पुर्व राजा र बिप्लव समुहबाट खतरा छ भन्यो तर यिनीहरुबाट भन्दा सरकारमा बसेकाहरुबाटै ख-तरा छ भन्ने कुरा बुझ्न जरुरी छ।
४. न्यायलयमाथी जनताको बिस्वास घटेको छ । सडकबाटै न्याए माग्न थालिएको छ। लोकतन्त्रको लागी अत्यन्तै खतराको संकेत हो।
५. पार्टीबाट स्थानिय तहमा निर्वा्चित प्रतिनिधीहरु र पार्टीका बिचमा समन्वय पटक्कै छैन। समय सकिएका सबै भात्रृ संगठनहरुको बिधान अनुसार अधिवेसन गरिनुपर्छ। बिपी कोईराला ४५ बर्षमा प्रधानमन्त्री बन्नुभयो, हाम्रा सभापती शेरबहादुर देउवाजी ४९–५० बर्षमा प्रधानमन्त्री बन्नुभयो तर पार्टीको नर्सरी नेबिसंघमा बिधानले तोके अनुसार ३२ बर्ष भन्दा मुनीका लाई ल्याउँन हामीलाई कसले रोक्यो ?
६. महिला संघ डडेल्धुराकी सभापतीलाई स्पष्टीकरण पनी नसोधी अधिवेसन गर्न नसकेको भन्दै हटाईयो। यसले पार्टीलाई कमजोर बनाउँछ।पार्टीमा गलत नजिर नबसाऔं। केन्द्रमा यसरी अधिवेसन गर्न नसक्ने कती सभापती छन् ? तिनलाई किन नहटाएको ?
७. जुन बिषयमा मैले नोट अफ डिसेन्ट लेखेको छु त्यो मेरो मुद्दा हो र यसलाई कार्यकर्ता साथीहरु माझ र महाधिवेसन सम्म लैजान्छु । यो बिचारको लडाई हो।
८. यही केन्द्रिय समितीमा मलाई र डा शसांकलाई लक्षित गरेर “ब्यावसाय गर्ने अनी बुवा—आमा—काकाको बिरासतमा राजनिती गर्ने” भनेर भनियो । यसले मलाई दुखी बनाएको छ। म त चाहन्छु केन्द्रिय समितीका साथीहरु पनी केही न केही ब्यावसाय गर्नोस र नेबिसंघ लगायत पार्टीको सबै तहका क्रियाशिल साथीहरुलाई पनी आत्मनिर्भर र स्वावलम्बनको बाटोमा लैजाऔं।
निरंकुस पंचायतका बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा पटक—पटक प्रहरीको लाठी खाँदै जेल गएका छौं। निरंकुसता बिरुद्धको हरेक आन्दोलनमा हामी अग्रपंतीमा उभिएका छौं। आन्दोलनको मैदान र जेलमा हुँदै गर्दा कती जना कहाँ हुनुहुन्थ्योरु हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दया र मायाले आएका होईनौं।
९. धर्मका सवालमा हामी संवेदनशिल हुन जरुरी छ। राष्ट्रिय जनावर गाई काट्न पाईदैन भन्नु गलत हो ? होलीवाईनको बिरोध गर्ने तर संबिधानमा लेखिएको— “प्रलोभनमा धर्म परिबर्तन गर्न पाईदैन” भन्नु गलत हो ? पार्टीको १४ औं महाधिवेसनमा हिन्दु राष्ट्रको बिषय चर्को रुपले उठ्छ। यसलाई कसरी ब्यवस्थापन गर्ने हो त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ।
शेखरको जवाफ : कसैको दयामायाले यहाँसम्म आएको होइन
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विरासतमा राजनीति गरेको टिप्पणीप्रति चित्त दुखाएका छन् । उनले आफू पनि प्रजातान्त्रिक आन्दोलनमा लडेको र कसैको दयामायाले यहाँसम्म नआएको बताए । बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा फरमुल्लाह मन्सुरले कोइरालाप्रति लक्षित गर्दै विरासतमा राजनीति गरेको टिप्पणी गरेका थिए । यसअघि पार्टी सभापति शेरहादुर देउवा स्वयंमले पनि यही आशयको अभिव्यक्ति दिएका थिए ।
शुक्रबारको बैठकमा बोल्दै डा. कोइरालाले आफू र महामन्त्री डा। शशांक कोइराललाई लक्षित गरेर भएको टिप्पणीले आफूलाई दुःखी बनाएको बताएका छन् । निरंकुशताबिरुद्ध भएको हरेक आन्दोलनमा आफूहरु अग्रपंतीमा रहेको र पटक पटक प्रहरीको लाठी खाँदै जेल गएको भन्दै उनले भने, ‘हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दया मायाले होइन ।’
उनले केन्द्रीय समितिका हरेक सदस्य कुुनै न कुनै व्यवसायमा लाग्नुपर्ने र सबै तहका कार्यकर्तालाई आत्मनिर्भर र स्वावलम्बनको बाटोमा हिँडाउनुपर्ने समेत बताए ।
सरकारले झुट बोल्यो
कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले सरकारमाथि झुटको खेती गरिरहेको आरोप लगाए । प्रधानमन्त्री स्वंयमले आर्थिक वृद्धि दर ७।५ प्रतिशत भनेर झुट बोलेको भन्दै उनले भने, ‘वास्तविक आर्थिक वृद्धिदर ६.५ प्रतिशत मात्रै छ ।’
मूल्यवृद्धि आकासिएको, किसानका समस्या विकराल बन्दै गएको, भ्रष्टाचार संस्थागत हुन थालेको र जनताले सुशाशनको अनुभूति गर्न नपाएको भन्दै नेता कोइरालाले भने, ‘तर हामीले सरकारका गलत कुरालाई बाहिर ल्याउन सकिरहेका छैनौं ।’
सरकारले सर्वदलीय बैठक बोलाएर गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतामाथि पूर्वराजा र विप्लव समूहबाट खतरा भनेको स्मरण गर्दै उनले उनीहरुबाट भन्दा सरकारमा बसेकाहरुबाछ बढी खतरा भएका धारणा राखे । उनले नागरिकताका सवालमा अन्तरिम संविधानको व्यवस्थामा कांग्रेस अडिनसक्नुपर्ने बताए ।
















प्रतिक्रिया