Logo

गण्डकी प्रदेश

७३ तोला अवैध चाँदी समेतका सामान सहित २ जना पक्राउ



कपिलवस्तुको वाणगंगा नगरपालिका-२ लखनचोकस्थित सडकबाट करिब ७३ तोला अवैध चाँदी, १ थान जैन पेपर, १२ पिस कपासको पुडिया, ४८ पीस सेतो रातो पत्थर र नगर ९६ हजार रुपैयाँ सहित शनिबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेवी गाउँपालिका-५ बस्ने २२ वर्षीय उमेश सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिका-१३ बस्ने २६ वर्षीय सुगम पुन रहेका छन् । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु.५५ प ६१५९ नम्बरको स्कुटर जाँच गर्दा स्कुटीमा सवार सुनारले बोकेको झोलामा उक्त चाँदी समेतका सामान फेला पारी मोटरसाइकल चालक पुन समेत दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई राजश्व कार्यालय पठाइने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।    

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।