कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको घोडाघाडी नगरपालिका वडा नम्बर–२ साडेपानीमा विहिबार दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा सोही ठाउँका मोटरसाईकल सवार ५० बर्षिया देवीराम आचार्यको ज्यान गएको हो ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको अनटेष्ट मोटरसाईकल र पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ७ प ८७५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा आचार्यको ज्यान गएको कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।
उनले अनटेष्ट मोटरसाईकल चालक घोडाघाडी नगरपालिका वडा नम्बर–८ का २३ बर्षिया लोकेन्द्र गुरुङलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएको जानकारी दिए । यस्तै अर्का मोटरसाईकल चालक वडा नम्बर– २ का ४६ बर्षिय ईन्द्र आचार्यको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको उनको भनाइ छ ।





















प्रतिक्रिया