Logo

प्रमुख समाचार

भारतीय दुई करोड रुपैयाँ चोरीमा एक जना पक्राउ



भारतीय दुई करोड रुपैयाँ चोरीमा संलग्न रहेको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–७ का २५ वर्षीय अम्मरसिंह भुललाई प्रहरीले चोरीमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो ।

गत जेठ २६ गते भारतको अशोक बिहार दिल्लीका विवेक अग्रवालको घरबाट भारतीय दुई करोड चोरी भएको थियो । भुल फरारको सूचीमा थिए ।

उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनलाई संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान हुने कैलाली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार ०९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।