Logo

मनोरञ्जन

गायक सुनिल गिरी र मेलिना राईको कौरा गीत ‘जाम क्यारे माया’को चर्चा अत्याधिक (भिडियो)



सबैले रुचाएका पछिल्लो समाएका लोकप्रिय लोकपप गायक सुनिल गिरीले बजारमा ल्याएको नयाँ कौरा गीत ‘जाम क्यारे माया’लाई दर्शकले छोटो समयमा अत्याधिक रुचाएका छन् ।

केहि दिन अघि रिलिज भएको गीत छोटो समयमा नै ट्रेन्डिङमा परेको गीतमा गायक गिरी र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको शब्द तथा संकलन गायक सुनिल गिरीको रहेको छ ।

जसमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन् । एक पटक ट्रेन्डिङमा आएर फेरी बाहिरिएको गीत दोसे पटक फेरी ट्रेन्डिङमा आएपछि दर्शकले थप माया दिएको गायक गिरी बताउँछन् ।

सुनिल गिरी आफैले निर्देशन गरेका गीतलाई मनाङ गुरुङले कोरियोग्राफी गरेका छान् भने भिडियोमा अनिल कृष्ण मानन्धरको छायांकन रहेको छ । जसको भिडियो सम्पादन पवन सिंम्खडाले गरेका छन् । छोटो समयमा नै राम्रो प्रतिक्रिया आएको सार्वजनिक गीतको भिडियो हेर्नुहोस् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार ०४:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।