Logo

समाचार

गेटा मेडिकल कलेजलाई प्रतिस्ठान बनाइनुपर्छ : स्वास्थ्य मन्त्री ढकाल



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई प्रतिस्ठान बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिमका बिभिन्न जिल्लाको भ्रमणमा रहेका मन्त्री ढकालले बुधवार गेटा मेडिकल कलेजको स्थलगत निरिक्षण गर्दै शिक्षा मन्त्रालय मातहतरही निर्माणाधिन गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिस्ठान बनाउनु पर्नेमा जोड दिए ।

मन्त्री ढकालले मेडिकल कलेजको भौतिक प्रगती शन्तोसजनक रहेकाले यसको थप बिकासमा सहयोग हुने प्रतिवद्धता जनाए ।

मन्त्री ढकालले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाइए सुदूरपश्चिमका मात्रै नभई कर्णाली तथा ५ नम्बर प्रदेशका नागरिकलाई समेत सेवा पुग्ने र भारतका छिमेकि जिल्लाबाट समेत यसै कलेजमा अध्यायनका लागी बिद्यार्थि आउने बताए । हरेक प्रदेशमा एक-एक वटा प्रतिस्ठान बनाउने सरकारको लक्ष्य अनुसार गेटा मेडिकल कलेजलाई प्राथमिकतामा राखिएको उनले बताए ।

स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउदै मन्त्री ढकालले सरकारले बिनियोजन गरेको रकम समयमै खर्च गरे सरकारलेपनि आवश्यक्ताका आधारमा थप बजेट बिनियोजन गर्ने आश्वासन दिए । गेटा मेडिकल कलेज निरिक्षणकै लागी गेटा पुग्नु भएका उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजको भौतिक प्रगती हेर्दा आश लाग्दो देखिएको बताए ।  मन्त्री भट्टले गेटा मेडिकल कलेजलाई बिज्ञान प्रतिस्ठानकै रुपमा बिकास गरिनुपर्नेमा जोड दिए ।

गेटा मेडिकल कलेजको भौतिक प्रगती करिब ७० प्रतिशत सम्पन्न भएको मेडिकल कलेज पुर्वाधार निर्माण समितिले जनाएको छ । शिक्षा मन्त्रालय मातहतको मेडिकल पुर्वाधार निर्माण समिति भएकाले हाललाई पुर्वाधार निर्माणको मात्रै काम टुङ्गिएको पुर्वाधार बिकास समितिका इन्जिनियर पवन रावलले बताए ।

मेडिकल कलेज निर्माणका लागी अनिवार्य पर्ने कामका लागी ९ वटा प्याकेज बनाएर काम थालिएको बताउदै उनले हाल ७ वटा प्याकेज सम्पन्न हुन लागेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ढकालले गेटा आँखा अस्पताल र धनगढी उप महानगरपालिका वडा नम्बर ३ स्थित निर्माणाधिन आर्युबेदिक अस्पतालको समेत अनुगमन गर्नु भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार १६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।