बलिउड नायिका दिशा पटानीको चलचित्र ‘मलंग’ ७ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्मको ट्रेलर रिलिज भएसँगै दिशाको हट लुक र आदित्य राय कपुरको साथमा उनको केमिस्ट्रीको चर्चा चलिरहेको छ ।
चलचित्रमा दिशा नेगेटिभ भूमिकामा छिन् । यसका लागि उनले निकै तयारी गरेकी थिइन् । यो भूमिका लागि उनले हलिउड अभिनेत्रीको प्रेरणा लिएको बताएकी छन् ।
चलचित्रबारे दिशाले भनिन्, ‘चलचित्रमा मेरो निकै दमदार भूमिका छ । कथा सुनेको पाँच मिनेटमा नै मैले चलचित्रका लागी अनुमति दिएकी थिएँ । धेरै कम अभिनेत्रीका लागि मात्रै यस्तो भूमिका प्राप्त हुन्छ । त्यसैले म यो मौका गुमाउन चाहन्न थिएँ । जब मलाई यो रोल अफर गरियो मैले तुरुन्तै हुन्छ भनेँ । नेगेटिभ रोल गर्न मजा आयो ।’
आफ्नो रोलको बारेमा उनले भनिन्, ‘यो मामलामा एन्जेलिना जोली मेरी मन पर्ने अभिनेत्री हुन् । म उनीबाट धेरै सिक्छु । उनी दुनियाँकी सबैभन्दा सेक्सी भिलेन हुन् । मैले उनका केही फिल्मबाट प्रेरणा लिएकी हुँ ।’
‘मलंग’ का निर्देशक मोहित सुरी हुन् ।चलचित्रमा अनिल कपुर र कुणाल खेमु पनि महत्वपूर्ण भूमिकामा छन् । एजेन्सी





















प्रतिक्रिया