आयौ ? किन अबेर गरेको ? उस्ले निकै गम्भिर भएर भन्यो । सोचे उस्ले रक्सी खाएको हुन पर्छ । मनमनै डराएर मैले उस्लाई हेरे । अहँ रक्सी पिएको थिएन । निकै रोएको हुन पर्छ ऊ । निकै पिडामा भएको हुन पर्छ नत्र भने किन पो उस्ले त्यसरी कापेर भन्थ्यौ । जाडो महिना भए पनि उत्ताउलो भएको थियो घाम । तर घामको असर परेको थिएन उस्मा । लगातर जाडोले एठैन, गरेको झै लागेको थियो । लगातार पानी परेपनि घाम लाग्न थालेको थियो । त्यही आकाश सफा अनि जमिन चिसो भएको बेला पनि मध्यान्हको घामले निकै चिटचिट पसिना निकालेको थियो । मानौ यो महिना गर्मी कै थियो तर उस्को भने अधर कापीरहेको थियो । मानौ पुसको ठिहिराइरहेको बिहानी उरले उस्लाई कोपारिरहेको छ ।
मानौ कुनै चिजले उस्लाई लखेटेको थियो । कुनै अपराधी जस्तै गरी उस्ले दायाँबाया हेरको थियो । उस्लाई कसैले पछ्याइरहेको थियो जस्तै । उस्को हर क्रियाकलाप हेरेर मैले अनुमान लगाउन सक्थे । उ निकै अत्तालिएको छ । निकै डराए झै गरेर उस्ले मलाई हे¥यो । मैले उस्को आँखाहरुमा कुनै चञ्चलता देखिन । उस्को मन चिसोले चिमोटेको थियो तर मेरो पनि हालत उस्तै झै लाग्यो ।
मैले पनि केही गल्ति गरेर उस्कै पछि पछि भागेको जस्तै म नि डराएको थिए उस्लाई हेरेर । निकै बेर पछि उस्ले मलाई भन्यो ”मौनता, तिमील किन ढिलो गरेको भन त । के त्यसो भए मैले ढिला गरेको कारण नै हो त उस्ले यति …..? मैले के सोच्दै थिए उस्ले मेरो हात एक्कासी समातेर भन्यो । तिमी हिड् । म उस्को पछि पछि हिडे । एक लगाम लगाएको घोडा जस्तै । एकै दिशाप्रति । देखे अनौठो लाग्दो हुदो रहेछ मान्छेको सोच । म केटी मान्छे, मनमा निकै भयंकर डर थियो ।
कतै यस्ले मेरो शरीरको उपभोग त गर्दैन ? कतै मैले… ह्या के सोचिरहेको ऊ मेरो साथी हो । मैले कसरी यसरी सोच्न सक्छु । हिड्दा हिड्दा मेरो पाइला रोकियो । मैले अव नजाने कुरा गरे । मौनता किन समय मान्छेको हिसावले चल्दैन । किन हामीले सोचेको जस्तो हुदैन । उस्ले धेरै कुरा बतायो मलाई । मैले पनि धेरै पटक सोचे । हामीले बाचेको किन छौं । कस्का लागि बाचेका हौ त ? मैले उस्कै पछाडी भएकोले उस्ले के गुनगुन गरेको थियो थाहा पाइन । मोवाइलको स्केन लक खोल्दै उस्ले कसैलाई फोन गर्यो । मैले देखे उस्का हातहरु फेरि पनि कापेका थिए । कुनै जिर्ण रोगले च्यापेको विरामी जस्तै ऊ हिड्दा हिड्दा रोकियो र अब छाती पिटीपिटि रुने छ । मैले सोचे । तर ऊ रुन सकेन ।
कुनै बाटो नपाएका आशु उस्का आँखामा उम्लिए पनि बाहिर आएन । मैले सोचे उस्को मटु भारी भएको छ यति बेला । निकै भारी । जहाँ रहेको आवेग उस्ले रोक्न सक्ने छैन ।उस्को छातीमा आगोको मुस्लो छ । केही बेरमा आफु त्यसैमा जल्ने छ । निकै बेरपछि फेरि हामी अघि बढ्यौं । उस्को घर पुग्यौ घर पुग्दा लालु र अमृत हर्की र पबित्रा पुगी सकेका थिए । हामी पुग्यौं उस्को घरमा । मैले पहिलो पटक आएको उस्को घर । मलाई यसै पनि अरुको घरमा जान मन लादैन तर आज हामीले विनोदको घर आउनै परेकोले आएको । हिजो मात्र विनोदको प्रेमीको बिहे भएको थियो । मतलव विनोदसंग होइन । अरु कसैसंग जो उस्कै साथी थियो । विनोदमा एउटै खराव बानी छ । उस्ले अम्मल नामका सब चिज चाख्न भ्याउछ, भन्छ मैले किनेर खादिन । तर अरुले दिए नाई भन्दिन ।

अँ विनोद त्यही पिडाले आत्तिएको कुरा मैले हर्कीले भनेर थाहा भयो । हामी विनोदसंग खासै कुरा गर्दैनौ त्यसैले पनि थाहा हुदैन । एक महिना सम्म म बाहिर थिए । आफनै कामले । म केृही कुराहरुमा सहज हुनै सक्दिन किनभने उस्को पछाडी मेरो आफनै कथा छ । समयले हामीलाई एउटा पाठ सिकाएर जान्छ मलाई पनि सम्बन्ध र आफन्तले एउटा पाठ पढाएरका थिए ।
मैले आफल्तबाट सिकेको पाठ भनेको घृणा हो । उनीहरुले अरु साथ त दिएनन तर यो भने सिकाएर गएका छन् । आफन्त भनेको मेरो डिस्नेरीमा खास महत्व छैनन् । सबैलाई संग मौन भएको हुनाले शायद मेरो नाम पनि मौनता राखिएको हुन पर्छ । म जस्तो नाम छ त्यस्तै छु । मलाई सकेसम्म त्यस्तो कुराहरुमा बोल्न मन लाग्दैन । अलि बढि सोच्छु । सवको बारेमा । तर मेरो बारेमा कसैले सोच्दैन । अँ अस्ति हामीले रमिलाको बारेमा कुरा गरेका थियौ नि । त्यो बेला बाट मात्र हामीले आज भेटेका हौ । महिनौ एउटै कुरामा सोच्ने पबित्राको शायद आज निकै गम्भिर भएकी छे ।
नही भने जति बेला पनि उस्ले हर कुरालाई मजाक मजाकको रुपमा लिने गर्छे । जे कुरा पनि । जस्तो बेला पनि ऊ उस्तै गरी सोच्ने गर्छे । कति कुराहरु उस्ले बुझ्दिन तर पनि जति बुझे पनि सन्तुष्टि मान्दिन । मौनता तिम्लाई थाहा छ, लालुले तिमीलाई माया गर्छ । कहाँ के बोल्ने भन्ने कुरा थाहा छैन बृन्दालाई । तर बोली हाली लालु र अमृत हासे । विनोद पनि हास्यो । मैले सोचेको तर पवित्र हासिन आज । मैले केही बोलिन किन कि को कस्तो छ त्यो मान्छे जस्तै हुन पर्छ भन्ने कुरा मुर्खता हो ।
अलिकति हासेर पनि हामी केही हदमा खुलेका थियौ । हाम्रो समुहमा कही नमुना छन् । देवदास । देवदास ऊ हो विनोद । विनोद किन तिमीले यति रोएको । तिमीले के बिगारेको छौ ? तिमीले पनि उस्को कुरा सुनेनौ । जो तिम्रो थिएन । त्यो कुराको लागि किन रुन्छौ ? उस्को दुखेको मुटुमा अमृतले लात्तै मारेको झै मानेर ऊ मर्माहित भयो । उस्को सुकेको आशुको मुल फेरि रसायो ।
उम्लिएर एक्कासी सोनामी भयो । मान्छेको मनमा रहेको त्यो हर पिडा उस्को मन मिल्नेहरु र माया दया देखाउनेहरुको अगाडी पोखिन्छ । उ पनि रोइरह्यो । आफुलाई पोखिरह्यो । निकै बेर मौन बसेको हर्कीले विनोदलाई गाली गरी । यो दुनियामा मान्छे जतिसुकै पिडामा होस उस्ले एउटै कुरा भन्न जानेको छ त्यो हो पिर नलेउ । संसारमा तिमीलाई चहानेहरु धेरै छन् । अनि चाहनेहरुको विचमा रहेर नचहानेहरुको कुरा के गर्छौ ? तिमीले मुर्ख नबन । भन्न सजिलो त छ नि तर भनेको जस्तो त हुदैन नि ।
हो लालुले उस्लाई हिजै देखि साथ छोडेको छैन । विनोदले खासमा मलाई नै भेट्न चाहेको थियो । एकातिर समयले दिएको पिडा मिल्ने अर्कोतिर म मौन बसेर सुन्छु । मलाई यो अमृतले पहिल्यै भनेको थियो तिमीले पनि आफ्ना मान्छेहरुले दिएको चोट सहेकी छौ रे ? मौनता यो पीडा कसरी कम हुन्छ । हातमा हानेको प्रेमिकाको नाममा उस्ले सुस्तरी छोयो । लाग्छ रे यो नाम त मेटिदैन उस्को हातबाट अनि मेटिदैन उस्को मनबाट । कयौ पटक त उस्लाई लाग्दैन रे बाच्छु भन्ने । किन लाग्दैन त ? उस्ले सयौ कारण दियो । तर बाच्ने एउटा पनि कारण पाएको छैन उस्ले ।
बाच्नको लागि त हो अप्ठ्यो मर्न केही छैन । हो त ? मैले उस्लाई बाच्नुको फाइदा भने तर उस्ले मर्नुको फा्इदा तर्कपुर्ण हिसाले दिन्थ्यो । लाग्दैन कि मैले कहिल्यै पनि उस्लाई जीवनको अर्थ बुझाउला । हर्की त चुपचाप छे । उस्लाई सुन्नु छैन केही पनि । उस्लाई यस्ता कुरा राम्रो लाग्दैन । कति पनि । भन्छे उस्को पनि जीवन हो उस्लाई केही नगर । उस्ले म नि मार्छु उस्लाई नि मारिदिन्छु भन्छ । केटाकेटी उमेर थियो । एक हप्ता रुन्छ त्यस पछि शान्त हुन्छ । अमृतले भनिरहेको थियो । लालुले स्कुलमा पनि गएन । उस्ले हर दिन विनोदलाई लिएर मसंग बेला बेला कराउथ्यो । तर हामी बिच खासै कुरा हुन्थेन । तर केही कुरा निकै हामीमा मिल्थ्यौ । कहिलेकाही हामी धेरै समयसम्म बोल्थ्यौ पनि तर मलाई उस्को प्रेमीको बारेमा थाहा भने थिएन । मैले सोचेको थिए । ऊ त्यस्तो छैन् ।
जीवनमा सहेको पीडा मैले लालुलाई बाहेक भनेकै थिइन , तर पनि मैले पहिलो पटक मेरो बारेमा लालुले सबैलाई भनेको थाहा पाए । म उनीहरुसंग साथी पनि दयाको पात्रको हिसावमा भएको रहेछु भन्ने लाग्यो । मैले सोचेकी छु हारेको बेला साथी भनेको यस्तो खालको हुन पर्छ । मैले उनीहरुको अगाडी राए । तर मैले विनोदलाई केही भनिन । मैले विनोदलाई पहिलो पटक अँगालो हाले । सामान्य लाग्दैन कहिलेकाही केटा साथीहरुलाई अंगालो हाल्न । तर पनि मैले उसई अँगालो हाले । मैले लालुको नि डर मानिन । मैले लालुलाई हेरे । उस्को आँखामा हेरे तर आज त्यस्तो थिएन । मैले पनि ध्यान दिइन । जीवनका हर मोडमा मान्छे परिवर्तन हुन्छ । मान्छेमा कति खेर भावनामा लगाम लगाउने थाहा हुदैन ।
हामीले मनको हर कुरा खोल्यौ मैले उस्की प्रेमीकाकाे बारे बुझे । उस्ले एक श्वासमा जीवनको बारेमा भनेको थियो । मैले कक्षा ९ को पढाइदेखि नै प्रेममा थिए । सामान्य परिवारको स्तर नमिलेको भएर उस्ले छोडेको हुन पर्छ । एक त उस्को लागि प्रेम अभिसाप भयो त्यो भनेको उस्को गरीवी हो । गरीवको छोराले धनी भएकोहरुले दुख पाउछस भन्ने हुन्छ । सानो कुरा मा हामीले सम्बन्ध टाडुने रहेछौ । कहाँ हुन्छ र विनोद जीवन चाहेको जस्तो । हिलवाला चप्पल लाएर समतलमा हिडुन सजिलो हुन्छ पहाडमा हुदैन । किन कि औकात भनेको मान्छेको ब्यबहारले दिन्छ उस्को रुप र पैसाले होइन । औकातबाट गिरेपछि त्यो मान्छेको अस्तित्व हुन्न । उस्लाई केही शान्तवना दिएर हामी त्यहाबाट निस्कियौ । केही दुरी सम्म हामी मौन बस्यौ । तर अमृत र लालु विनोदसंगै बसे । हामी भने आयौ । पविले र हर्कीले केही बोलेनन। तर मैले अविश्वास मा हामी किन हरारायौ त भन्ने बारे उनीहरुलाई बताए ….क्रमश





















प्रतिक्रिया