Logo

मनोरञ्जन

यी चर्चित नायिका, जसले गरिन् पाँचौँ पारपाचुके



हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले फेरी पारपाचुके गरेकी छिन् ।

यही जनवरी १९ मा निर्माता जोन पिटर्ससँग पाँचौं विवाह गरेकी उनी विवाहको १२ दिनपछि अलग्गिएकी छिन् ।

समाचारअनुसार पामेला ब्रेक लिन चाहन्थिन्, त्यसैले उनले जोन पिटर्ससँग १२ दिनअघि भएको विवाह तोडिन् । जोन र उनका युनियनका सदस्यहरूबाट पाएको स्नेहबाट आफू निकै खुसी भएको पामेलाले बताएकी छिन् ।

स्मरण रहोस्, जोन पिटर्सअघि पामेला एन्डरसनले चार विवाह गरिसकेकी छिन् । ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन् । विवाहको तीन वर्षपछि नै यी दुई अलग भए । त्यसपछि उनले किड रकसँग जोडी बाँधिन् ।

रकसँग वैवाहिक सम्बन्ध नराम्रो भएपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन्। पछि उनको सोलोमनसँग पनि सम्बन्धविच्छेद भयो। सम्बन्धविच्छेद पछि पुनः साथै देखिए पनि सम्बन्ध धेरै दिनसम्म टिकेन । एजेन्सी

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार १०:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।