कथाहरुकोबीचमा नै जीवनको बारेमा बुझ्न सक्ने कथा हु्न्छ होइन र ? अमृतको कुराले कहिलेकाही सोच्न बाध्य बनाउछ । उस्को कुरा कुनै फिलिमको कथा जस्तै रसिक लाग्छ मलाई । हुन त जीवनको कथा कहाँ फिलिमको जस्तो हुन्छ र ? तैपनि केही रमाइलो महशुस हुन्छ उस्को कुराले । केही कुरा फिलिमको कथासंग मेल खादो रहेछ ।
कल्पनामै कतै हराउने गरी रमाइला कुरा उस्को लाग्छ । केही कुरा मिल्दो रहेछ । केही कुरा सुन्दा पनि रमाइलो र आफनो जस्तो लाग्ने । हो त्यो आफ्नो पन जीवनको एक खुशी हो ।
कहिलेकाही तिमी जस्तो नादान कोही छैन जस्तै लाग्छ । अमृत जीवन भनेको नै रहरहरुको पोका हो । यसमा हामी र हाम्रा रहरहरु एकै मेसो भाग्न थाल्छन् । मनमा उठेको फोकाहरु मनमनै फुट्न र फुल्न थाल्छन् । मलाई तिमी प्रतिको यो भावना जोगाई राख्न किन मन लाग्छ ? कही केही अदृश्य शक्तिले ताने जस्तै गरी तिम्रा कुराहरुले तानिन्छु । खोइ किन ? मैले सपनामा तिम्रै पछाडी लाग्दै गरेको छु जस्तो लाग्छ ।
तिमीसंग विना स्वार्थको कथा सम्बन्ध रहेको जस्तो आभास हुन्छ किन हो कुन्नी ? तिम्रो कुरा किन मलाई यति मन पर्छ हँ ? पश्न गरिरहन्छु । हो त जीवनकै रहर लाग्दा कुराहरु र सधै कायमै राखु जस्तो लाग्ने साथीहरु तिमीहरु छौ । मेरो लागि तिमीलाई सधै यही प्रश्नहरु छन् । कहिलेकाही लालु मेरो मान्छे भनेर भुलिदिन्छु । किन हो थाहा छैन तर हामी विचको यो दोष्तीमा नजर त कसैको परेको छैन ।
हलचोकको कान्छा दाईको चटपटे पसलमा पैसा तिर्न पनि हामी पर्दैन । हामीले कहिल्यै तिर्ने गरेका छैनौ । न हर्की तिर्छे। न मैले । न त कहिल्यै पवि बृन्दाले । तर खुब डिमान्डेट छौ हामी । कति माग गर्छौ हैन । पानी त्यसैमा । एउटै कागजको टुक्रामा हामीले लडी लडी खानु पर्छ । पिरो बदाम हालेको अनि पिरो पानीपुर खाए पछि नजिक रहेको पसलमा गएर मिठाइ खाने पनि हाम्रो रुटिङ हुन्छ ।
हामी बेलुका प्राय भेट्ने गरेका हुन्थ्यौ । तर कहाँ हामी उही मजाक मजाकमा छौ त । हामी त बिस्तारै विस्तारै हाम्रा रहरहरु बढेका छन् । रहरहरु पनि जिम्मेवारी बढेपछि कम हुँदो रहेछ । कहाँ हामीमा त्यस्तै मस्तीको समय रहेको छ र ? आफैमा निकै अन्दाजहरु लाउने बानी परेको छ । केही कुराहरु परिवर्तन भए पनी हामी भेट्छौ ।
फोनमा कुरा गरेर सम्झन्छौ । लालुको फोन त मलाई हर समय आउछ । हर समय मैले कल्पना गरेकै हुन्छु ताकि उस्ले मलाई देखाएको न्यानो पनलाई म के भनु माया । या त्यो भन्दा पनि केही अलग । केही त्यस्तै अलग छैन । छ त समयले दिएको हर किस्सा सुनाउने मेसिन वा हर कुरा सुन्ने कान या भनु मन ।
मैले उस्को कुरा सुन्छु । एक त मलाई मज्जा आउछ उस्को कुरा सुन्नमा । दोस्रो उस्को कुरा मेरो मन सम्म पुग्छ । हामी एक अर्कालाई माया गरेका हौ या सुनेको हौ यसै भन्न सक्दिन । तर सुन्छौ एक अर्कालाई । सबै कुरा । मन दुखेको कुरा । साथीहरुसंग लुकेर कुन बिषयमा हाँसेको भन्ने बारे । लगाएको पोषाकको बारे । खाना खाएको नखाएको बारे । सबै कुरा । किन हुन्छ हामी बिच यस्ता कुराहरु । के यो प्रेम हो । प्रेम यसैलाई भन्छन कि दोष्ती म कहिलेहाकी अलमल्ल पर्छु । बिचारहरुले हामी बाधिएका छौ । तर मलाई त्यो भन्दा केही लाग्दैन । बास्तबमा म केही कुराको बारेमा पनि त्यति नकारात्मक भएर सोच्ने गर्दिन ।
कुरा हुँदा हुँदा हामी कहिले काही एक्लै बस्छौ । कहिले काही साथीहरुको बिचमा रहेर एक अर्कालाई समर्थन गरेका हुन्छौ । सबैले जिकाउदै भन्छन क्या छ है तिमीहरुलाई ? हो नि हामी अलग छौ यस्को बारेमा थाहा छ । तर त्यस्तो केही छैन है । विनोदले आज हामीलाई तिमीहरु के चहान्छौ मलाई थाहा छ ? तिमीहरु हौ…..? के हौ भन्न खोजेको ? मैले मौन भएर बसे अमृतले जिस्काउदै भन्यो हौ नि ? मलाई तर त्यस्तो लाग्दैन है लालु । ”कुन्नी ?” लालुले झटपट उत्तर दियो । किन थाहा नहुनु हो ।
तिम्लाई थाहा नभएर कस्लाई थाहा हुन्छ, मलाई बिनोदले फरि पनि तिम्लाई थाहा छ नि मौनता । किन तिमीले नभनेको ? मलाई केही थाहा छैन है । त्यस बिषयमा तिमीले नै भन्न पर्छ । मैले त भनेकै थिए लालुलाई के हो भनेर, हामी हासेर टार्यौ त्यो कुरा पनि । निकै बेर सम्म हाम्रा कुराहरु हामी मै रहे । केही कुरा त थियो । जस्ले हामीलाई बाधेर राखेको थियौ ।
आज भोली नियास्रो मान्दै उस्ले पनि उत्तर दिन्छे जो चुप लागेर बसेकी थिइ ।अहिले सम्म ऊ बोली बिचरा हाम्री मौनता कहाँ त्यस्ति छे र उनलाई त जो पनि एकै लाग्छ । अमृत पनि लालु पनि । अहिले त विनोद नि खाली छ । सबै हासे तर लाले यस्ता मजाक मन पराउदैन । मौनता तिम्लाई त थाहा छ नि मलाई यस्ता कुरा गरेको मनै पर्दैन । तिमी पनि त्यसरी बोल्छौ ? उस्ले हर बिषयलाई निकै गम्भिर भएर लिन्छ ।
त्यो गम्भिरता हामीले मजाक गरेका हुनछौ । ऊ बोल्दैन । जे छ त्यो ब्यबहार पनि देखाउदैन । त्यस साँझ लालुले फोन गरेन । मेरो फोन पनि उठाएन । लगातार एक हप्ता सम्म फोन उठेन । हामीले हर समय एकै खालको कुरा कहाँ सोच्छौ र? एक हप्ता सम्म त मैले नि पनि मेसो पाइन उस्ले भन्न खोजेको के हो ? हर बेला ऊ बिजी भएको कुराले मलाई अलिकति नमज्जा लाग्यो ।





















प्रतिक्रिया