प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
प्रधानमन्त्री ओलीको लामो समयदेखि मृगौलाको डायलसिस गरिंदै आएको छ। आज भने उनको मुटुमा केही समस्या देखिएकाले परिक्षण गरिएको चिकित्सकको भनाई छ।
गगनन उवाचः ‘गोकुलधाममा खड्ग उचाल्नु र विष्णु-विष्णु भन्नु’
नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएको भन्दै स्वास्थानी कथा शैलीमा व्यंग्य गरेका छन्।
नेकपाका सांसदले स्वास्थानी कथाको पाना च्यात्नुपर्ने भन्दै अभिव्यक्ति दिएको दुई सतापछि मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद थापाले स्वास्थानी कथा बाचन गर्ने शैलीमा यस्तो व्यंग्य गरेका हुन्।
आफूले पाएको एक मिनेटको अधिकतम सदुपयोग गर्दै गगन उवाच, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अप्ठ्यारोमै पर्न गए हत्तपत्त चोरीको सामान फर्काउनु र दुई पटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्। इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रत कथाय, बालुवाटार प्रकरण वर्णनम् प्रथम अध्याय, धन्यवाद।’




















प्रतिक्रिया