Logo

प्रमुख समाचार

ओली अस्पतालबाट डिस्चार्ज भएपछि मन्त्रिपरिषद् पुनःगठन गर्ने



प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएपछि मन्त्रीपरिषद पुनःगठन गर्ने तयारीमा छन् । त्रि.वि. शिक्षण अस्पतालको मिर्गौला विभागका प्रमुख प्रा.डा. उत्तम शर्माले प्रधानमन्त्रीको डिस्चार्जको तयारी भइरहेका बताइरहदा नेकपामा नयाँ मन्त्री को बन्ने भन्ने चर्चा परिचर्चा सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले अस्पतालबाट बालुवाटार फर्केलगत्तै मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी गरेका छन् । बालुवाटारनिकट स्रोतका अनुसार ओलीले यो पटकको मन्त्रिमण्डल पूनर्गठनमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावल, युवा नेता महेश बस्नेत र सुरेन्द्र पाण्डेलाई सहभागी गराउने तयारी गरेका छन् ।

पाण्डेलाई अर्थमन्त्री बनाउने गरि मन्त्रिमण्डलमा सहभागी गराउन लागिएको सूत्रको दाबी छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीले जनतामा प्रत्यक्ष सरकारको प्रभाव देखाउने गरि आफ्नो टिममा नयाँ सदस्य थप्न खोजेका छन् । त्यसको लागि उनले माधव नेपाल पक्षका नेताहरुलाई पनि सहभागी गराउने निधो गरेका छन् ।

पछिल्लो समय पार्टीभित्र अल्पमतमा परेपछि ओलीले नेता नेपालको साथ खोजेका छन् । ओली र नेता नेपालबीच हिमचिमपनि बढिरहेको छ । केही सार्वजनिक कार्यक्रममा समेत नेता नेपालले ओलीको लाईनामा आफ्ना अभिव्यक्ति दिएका छन् । उनले जनताको बहुदलीय जनवादको औचित्य अझैपनि बाँकी रहेको भन्दै यसको उपदेयताको बारेमा प्रकाश पार्दै हिँडेका छन् ।

पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने विषयमा पार्टीको निर्णयलाई नै च्यालेन्ज गरेका ओलीले आफूलाई पार्टीभित्र बलियो बनाउँदै लगेका छन् । त्यसकै अर्को कडीको रुपमा उनले नेता नेपालका नेताहरुलाई सहभागी गराएर मन्त्रिमण्डल पूनर्गठन गर्न लागेको बुझिएको छ । अभियान टाइम्सका साथमा ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १८:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।