Logo

समाचार

सीमामा अलपत्र परेका नेपालीलाई नेपाल आउन दिने सरकारको निर्णय



सरकारले पूर्वदेखि पश्चिमसम्मका सीमामा अलपत्र परेका नेपालीहरुलाई नेपाल आउन दिने निर्णय गरेको छ ।

मंगलबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले सीमामा अलपत्र परेका नेपालीलाई परिचय पत्र हेरेर १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा आज अन्तिम पटक नेपाल आउन दिने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार नेपाली परिचय पत्र देखाएर नेपाल आउने सबै नेपाली अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ । त्यसका लागि प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर व्यवस्था मिलाउने मन्त्री खतिवडाले जानकारी दिए ।

मंगलबार बिहान ६ बजेदेखि लक डाउन भएपछि सयौं नेपालीहरु नाकामै रोकिएका छन् । यसअघि भारतबाट आएका ठूलो संख्याका नेपालीलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकी नाकामै रोकेपछि तनाव उत्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १७:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।