Logo

स्वास्थ्य

काठमाडौंमा भेटिए कोरोना संक्रमित युवतीसंग आएका २ व्यक्ति



कोरोना भाइरस कोरोना भाइरस (कोभिड-१९) को संक्रमित भएको पत्ता लागेकी युवतीसंगै नेपाल आएका मध्ये दुई व्यक्ति काठमाडौंको पेप्सीकोलामा भेटिएका छन। फ्रान्सबाट आएर नेपालमा संक्रमण पुष्टि भएकी युवतीसंगै नेपाल आएका उनीहरु काठमाडौंको पेप्सीकोला स्थित सिनामंगल निवासी भएको खुल्न आएको छ।

छोरी र बुहारीलाई भेटेर अष्ट्रेलियाबाट नेपाल आउने क्रममा कतार ट्रान्जिट हुँदै कतार एयरलाइन्स मार्फत चैत ४ गते नेपाल आएका उनीहरु श्रीमान श्रीमती रहेको स्थानीयले बताएका छन्।

उनीहरु (गोपनियताको लागि नाम नलेखिएको) लाई आज अर्थात चैत १३ गते मात्रै कोरोना परिक्षणका लागि टेकु स्थति शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पठाइएको छ। उनीहरुको उमेर अन्दाजी ५५ बर्ष रहेको बताएइको छ।

५८ यात्रु बोकेर बुद्धको जहाज काठमाडौँ आइपुग्यो

पोखराबाट ५८ जनाको जम्बो टिम बोकेर बुद्ध एयर काठमाडौँमा ल्याण्ड भएको छ । पोखरा क्षेत्रमा अलपत्र रहेका फ्रान्सेली नागरिकलाई जम्मा गरेर दूतावासले काठमाडौँ ल्याउन बुद्ध एयरको जहाज चार्टर गरेको थियो ।

बुद्ध एयर आफूलाई विश्वास गरेका फ्रेन्च दूतावासलाई धन्यावद दिएको छ । यसअघि आजै १५ जना फ्रान्सेली नागरिक नै बोकेर तारा एयरको जहाज पनि लुक्लाबाट काठमाडौँ आएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १८:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।