Logo

राेजगार

लोकसेवाकापनि सबै परीक्षा स्थगन (सूचनासहित)



लोकसेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ सबै‌‌‌‌ कार्यक्रम ‌स्थगन गरेको छ। कोरोना भाइरसको‌ कारण सिर्जना भएको विषम परिस्थितिलाई‌‌ मध्यनजर गर्दै २०७६ सालको चैत मसान्तसम्म हुने‌ लिखित र अन्तवार्ताका कार्यक्रम‌ स्थगनको पुर्व‌सुचना अनुसार ‌नै अर्को सूचना‌ प्रकाशन नभएसम्म‌ स्थगन रहेको‌ आयोगले ‌जनाएको‌ छ।

लोक सेवा आयोग चैतको‌ अन्तिम बुधबार‌‌ प्रकाशन गर्नु‌पर्ने‌ रा.प्र.अनं द्वितिय श्रेणी प्राविधिक पदको परीक्षा पनि स्थगन ‌गरिएको जनाएको छ । आयोगले स्थिति सामान्य हुनासाथ, स्थगन भएका कार्यक्रमहरूको नयाँ कार्यतालिका सार्वजनिक जनाएको छ।

लकडाउनका कारण रोकिएको परीक्षा सम्बन्धमा यस्तो आयो बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ । बोर्डको आज बसेको बैठकले अर्का सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका सदस्य–सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तथा रोकथामका लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा अन्योल भइरहेको बेलामा बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो । यसअघि बोर्डले कक्षा १२ को परीक्षा वैशाख ८ र ११ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापेर परीक्षा सञ्चालनको तयारी अवस्थामा रहे पनि ढुवानी गरेर जिल्ला जिल्ला पुर्‍याउन भने बाँकी थियो । बोर्डले देशभर एक हजार १४७ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने परीक्षामा कक्षा ११ र १२ मा गरी कूल नौ लाख ६२ हजार विद्यार्थी सहभागी हुने भएका थिए । त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।

बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने भन्दै घर मै बसेर परीक्षाको तयारीमा लाग्न आग्रह गरेको छ । बोर्डका सदस्य–सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीका लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।