Logo

अनलाइनपाना खोज

कोरोना भाइरस : माछा र मासु खानु कत्तिको जोखिम ? यस्तो छ डाक्टरको भनाई !



नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारीको हालको इपिसेन्टर अमेरिकामा संक्रमण तथा कोभिड–१९ का कारण हुने मृत्यु लगातार बढ्दो क्रममा छ । अहिलेसम्म विश्वभर ८८ हजार भन्दा बढकिो मृत्यु भएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेको संख्या तीन लाख ३१ हजार रहेको छ भने संक्रमण १५ लाख २१ हजार भन्दा बढीमा पुष्टि भएको छ ।

देश लकडाउनको अवस्था छ । कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न सरकारले एक हप्ताको लागि लकडाउन गरेको छ । यहि लकडाउनको अवस्थामा धेरै मानिसहरुमा विभिन्न जिज्ञासाहरु उब्जिरहेको पाइन्छ । माछा मासु खाने कि नखाने भन्ने विषय पनि अहिले बहस बनेको छ । माछा मासुबाट कोरोना भाइरस सर्ने तर्कले गर्दा अहिले माछा मासुको सेवन कम भएको पाइएको छ ।

बीबीसीमा प्रकाशित एक लेखमा एपोलो अस्पतालका डाक्टर लक्ष्मण देसाईका अनुसार माछा मासु मात्र होइन तरकारीहरु समेत सुरक्षित छैन, यदि राम्रोसँग पकाएन भने । डा. देसाईले भनेका छन्, “कोरोना भाइरसलाई जीवित रहन माध्यम चाहिन्छ र त्यो खाने कुरामा रहन सक्दैन । कोरोनाभाइरस संक्रमित व्यक्तिले खोक्दा वा नजिकिंदा सर्नेगर्छ ।

तर माछा मासु किन्दा पन्जा लाउने र मास्क लाउनु जरुरी हुन्छ र मासुलाई कम्तिमा ३० मिनेट पकाउन चाहि पर्छ जसले गर्दा मासुमा भएका किटाणु मर्छन् । मासुबाट भाइरस सरेको अहिलेसम्म पुष्टि नभएको कारण मासु खाँदा जोखिम हुन्छ भन्ने तर्क गलत हो भन्ने तर्क बीबीसीले प्रस्तुत गरेको छ । मासुसँगै तरकारीहरु समेत राम्रोसँग पखाल्नेदेखि राम्रोसँग पकाएर खान समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १६:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।