Logo

अन्तर्राष्ट्रिय

कोरोनाविरुद्ध भ्याक्सिनको विकास गर्ने संस्थामाथि चीनसँग जोडिएका ह्याकरको तारो



कोरोना भाइरससम्बन्धी रिसर्च गरिरहेका संस्थाहरुमाथि चीनबाट ह्याकरको आक्रमण बढेको छ । अमेरिकाले कोभिड(१९ महामारीसम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका संस्थाहरुमाथि चीनसँग सम्बन्ध भएका ह्याकरबाट आक्रमण भइरहेको जनाएको छ । ती संस्थाहरु भ्याक्सिनको विकासमा लागेका हुन् ।

अमेरिकी अधिकारीलाई उदृत गर्दै बीबीसीले ह्याकरहरु चीनसँग सम्बन्धित रहेको उल्लेख गरेको छ । एफबीआईले कोरोना भाइरसविरुद्ध भ्याक्सिन विकास गरिरहेका संस्थाहरु तारोमा परेको बताएको छ ।

कोरोना भाइरसको विषयले अमेरिका र चीनबीच शितयुद्धको अवस्था छ । दुवै देश एकले अर्कालाई आरोप प्रत्यारोप गर्दै आएका छन् । दुवै देश भ्याक्सिन विकासको प्रतिष्पर्धाम छन् ।

अमेरिकामा धेरै कम्पनिहरु भ्याक्सिनको विकासमा सक्रिय छन् । रिसर्च सम्बद्ध संस्थाहरु पनि दर्जनौं यसमा जुटेका छन् । एजेन्सी

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार १३:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।