कुनै पनि राज्य नागरिक र तिनको शुशान को परिकल्पना को साकार रुप हो । राष्ट्रको राज्य सन्चालन र पद्धतिमा जनताको सर्बोच्चतालाई स्थापित गर्नुपर्दछ । जब नागरिकलाई केन्द्र बिन्दुमा नराखी जनताद्वारा जनताको लागि जनताको करले चल्नु पर्ने सरकार जनता प्रती गैरजिम्मेवार र ब्यबिचारी बन्दै जान्छ तब शासकहरु ईतिहासमा आफू मात्रै कलन्कित हुदैनन तिनले ठुलो बिनाशको खाडलमा आफू सङै रास्ट्रकै भबिस्य कैयौं पुस्ताका लागि धसाइ दिन्छन् ।
स्थिरताको नाममा अस्थिरताको बिजारोपण सम्म गरिसकेको सुखी नेपाली र सम्बृद्द नेपालको नाममा जनता झुक्याएको वर्तमान सरकारको गती बिधीले त्यही कालो सन्केत दिदैछ । बिधवा र अपाङ्गको होइन रास्ट्रपति प्रधानमन्त्री अति बिशिस्ट पूर्व बिशिस्ट र तिनै तहको सरकार र साम्सद हरुको भत्ता सुबिधा कटाउती गर । अनावश्यक आयोगहरु भङ्ग गर ।
प्रधानमन्त्री स्वरोजगार कोष खारेज गर । भ्रस्टाचार निर्मुल गर । समय अति संबेदनसिल छ । महाकाल र महाब्याधीको कहरमा बिबेकशिल र नागरिकको हितकर बन ! परिस्थितिको गाम्भिर्यतालाई हल्का र उताउलो उखाने शैली प्रत्युत्पादक हुनेछ ! आग्रह र अनुनय बिनय र आशा र भरोशाको भाषाबिस्पोट हुनुपूर्व यो सरकारको चिर निन्दा खुलोस अन्यथा प्रकृत्ती प्रदत्त महाकाल महाब्याधीसंगै नागरिक बिद्रोहको ज्वारभाटा नउठोस ।
बिबेक हिन र मानवीय सम्बेदना गुमेको ओली सरकारलाई रक्षक होइन भक्षक बन्यो भन्दै सर्बत्र नागरिकको घृणा बढदै गएको बेला अब चै बिधवा र अपाङ्गहरुको आँसु र सत्तोसरापको रोदन र चीत्कारले खरानी बनाउने निस्चित छ ।
देश लक डाउनमा छ । सारा नेपाली घर भित्र थुनिएका छन् । हुदा खाने, गरिखाने अतिबिपन्न निमुखा असहाय र श्रमजीवीहरुको चुल्हो बल्न छोडिसक्यो । दस किलो चामल र २ किलो दाल राहत बितरण गरेर ८० करोड सकिएको उद्घोष गर्ने प्रम र तिनका क्याबिनेटका महाबीज्ञअर्थ मन्त्री कर बढाउने धम्की दिन्छन् । पति गुमाएकी बिधवाको सेतो सारिमा कति तागत हुन्छ भन्ने त यो सरकारले राम्ररी बुझेकै छ ।
बिधवाको पहिचानमा सेतो सारिको रापले २०५१ सालमा नेपाली कांग्रेसका तत्कालिन सभापति सन्त नेता किशुन जिलाई पराजित गरि उदयिमान एकल महिलाको राजनीतिक यात्रा आज देशकै सर्बोच्च शिखर महामहिम रास्ट्रपति पद सम्म पुगेको छ । खोइ कस्तो दुर्भाग्य तिनै बिधवा तिनै एकलमहिला न निर्मला पन्त जस्ता छोरी बलात्कार र हैय हुँदा केही बोल्छिन् नत बिधवा र अपाङ्गको भत्ता खोसिदा बचाउको कुनै सिन्को भाच्छिन् । केबल सरकारको इसटाम्प जस्तो भूमिकाले सायद सरकारको यो निर्णयमा हिजो एक बिधवा रास्ट्रपति हुदा दिपावली गरेका, त्यसै त्यसै उमंगित र पुलकित भएका ती बिधवाहरुको अन्तस्करण आज कति रोयेको होला ?
बिस्वासको कत्रो पहिरो गयो होला ? तपाइँ रास्ट्रपति बन्दा मै भए महामहिम भनेर भित्र भित्र फुर्केका ती दिदिबहिनीहरुको तपाइँ प्रतिको अशिम भरोसा र तिनको दिनहु हरपलको भोगाइको बेदनालाई चटक्कै भुल्नु र उल्टो यो महामारिको चपेटामा परेका असहाय अपाङ्ग र एकल महिलाको सुबिधा काटने सम्मको महाअपराधमा साटिएको मौनता तपाई कै लागि अभिसाप हुनेछ महामहिम ज्यु ।
हरेक निर्बाचनमा कुनै कारण बस राजनीतिक पति गुम्यो भने उन्को बिधवा पत्नीलाई सेतो सारिमा जनताको बिचमा उतारेर जितको परिणाम सधै हात पारेको नेकपाले यो विषम परिस्थितिमा सबै भन्दा बढी सहयोग सद्भाव प्रेम सहित विशेष राहत प्याकेज घोषणा गरेर अबिभावकिय भूमिका निर्बाह गर्नु पर्ने बिधवा अपाङ्गहरुलाई राज्यका तर्फबाट दिइएको उनिहरुको संबैधानिक हकको प्रत्याभूति सामान्य नगन्य भत्ता कटाएर जुन निर्घीणि कदम चालेको छ यस्को मुल्य थेग्न सक्नेछैन ।
सर्बहाराको दुहाइ दिएर सत्तासीन बनेको यो सरकार तिनै सर्बहारा बिपन्न र श्रमजीवी बर्गका प्रती गैर्जिम्मेवार बनेर चौतर्फी आलोचना खेपिरहेको सरकार अब समाजको हरकोहिको सम्बेदनालाई उद्धोलित गर्ने यो निर्णयले पतनको अबस्यम्भाबी मार्ग प्रशस्त गरेकोछ ।
सरकार तिनै तहका तिनै नागरिकको मतबाट सत्ता प्राप्ति गरेका राजनितीक ब्यक्तीहरुको चै सुबिधा भत्ता यो महामारी महाबिपत्तीमा पनि बढाउदै जाने तर यहि महामारीमा लाखौ ब्यक्ती भोकै प्यासै सयौ कोष पैदल हिडेर घर पुगे त्यहा त्यो दुख्मा तिनले सरकार महसुस गर्न पाएनन् । आज हजारौं ब्यक्ती भारतीय सिमामा अति अपमानित र कष्ट कर जीवन जिउदै छन् कम्तिमा मेरै देशमा मर्न पाउ भन्दा वारि आफ्नै भूमिको क्वारेन्टाइन सम्म तिन्ले पाएनन् । कति लुकि छिपी कति कष्ट भोग्दै जन्मथलो टेक्न नपाउदै इहलिला समाप्त भयो । महाकालीको कहालीलाग्दो भेल पार गरेको नागरिकलाई नाङ्गो बजार घुमाएर हुर्मत उतार्यो भने कतिलाइ महाकालीले निल्यो राज्य बेखबर छ ।
आज लाखौं श्रमजीवीहरु अरब कतार मलेसियामा बहराइन लगायतका खाडि देशबाट चित्कारदै छन् सरकार तिनको रोदनको कहै कतै अबिभावक बन्न सकेन । हिजो तिनकै रेमिटान्सले देशको अर्थ तन्त्र मजबुत भएको सत्य भुल्दै छ । कैयौंको घरमा चुल्हो बल्न छाडिसक्यो तिनको लागि थप राहतको ब्यबस्था छैन उल्टो कोहि भोकै बस्नु पर्दैन । कोहि भोकै मर्नु पर्दैन भनेर दिनहुुँ राघ अलाप्ने देशका प्रम नागरिक खान नपाएर आत्माहत्या गर्न थालेका खबरमा बेखबर छ ।
स्वास्थ क्षेत्र केबल भ्रस्टाचारको अखडा बन्यो, नागरिकको स्वास्थ परिक्षण कोरोना भाइरस चेकमा निजि क्षेत्रले १५०० सम्म लिन पाउने निर्णयले कात्रोको व्यापारमा कमिशनको झनक दिदैछ । यत्रतत्र सर्बत्र भ्रस्टाचार र लूट तन्त्रको लागि यतिबेला सरकारका सबै कदम उर्बर भूमी र उपयुक्त समय बन्दै छ यो बिपत्तिमा अब सर्बत्र प्रश्नको सुनामी उठदै छ यो सरकार कस्का लागि ? नागरिकलाई बिपत्ती पर्दा साथी होइन दुस्मन जस्तो भोगाइ भएपछी नेपाली राष्ट्रियता, नेपाल देश र नेपाली नागरिक हुनुको पहिचानको मर्म र भाव के ?
अब नागरिक र देशका नाममा भत्ता थप्ने र काटने तिम्रो ब्यबिचारी, स्वच्छाचारी र अदिनायकबादी निर्णयको पालाना होइन हाम्रो करले हामी माथि तिम्रो सजाय स्विकार्य छैन भन्दै तिनै नागरिक हुनुको मूल्य करको नाममा भुक्तानी गर्दै आएका नागरिकले कर तिर्दिन सकेको गर भन्दै आन्दोलनमा उतार्न उद्धोलित नगर सरकार ! सेतो सारीले लपेटेको पहिरनमा बिधवा र समाजको करुणा र सम्मानका प्रतीक अपाङहरुको लाखौं लाखको जमात र तिनको समर्थनमा सिङो मुलुक सडकमा उत्रनु पूर्ब नै एकल महिला र अपाङ्गहरुको भत्ता स्थापित गर र विशेष प्याकेज घोषणा गर !





















प्रतिक्रिया