गोर्खाली सेनाले युद्ध भूमिमा उच्चारण गर्ने पहिलो वाक्य “जय महाकाली आयो गोर्खाली “ हो । गोर्खा रेजिमेन्ट अर्थात नेपाली वीरसेनाको ! जुन बहादुर योद्धा अरुको लागि जीवन दिन सक्छ भने आफ्नो मातृ भूमिको लागि के गर्न सक्छ सायद यो बताई रहने बिषय हैनहोला । वीरहरुका वीर साहसका वीरसंगै इमान र इसराका वीर तिनै विरहरुका मातृभूमिको संकट र समाधानका बिषयमा केहि शब्दलेख्न खोज्दैछु ।
संकट देखि भाग्न हैन सामना गर्नलाई तयार हाम्रो पुस्ता जहा सार्वभौम सत्ता र स्वाधीनताको कुरा आउछ त्याहॉ कुनैपनि कुरामा सम्झौता नगरेर उभिने यो नेपाली भारतीय मीडियाको स्याल हुँयॉलाई चटकन दिन र ऐना देखाउन पनि बास्तबिक कुरा लेख्नैपर्ने भयो । साहसका जति पनि शब्द छन् सायद हाम्रो अघि फिक्का होलान,निष्ठाका जति पनि रंग छन् सायद हाम्रो अघि रंग बिहिनहुन्छन् होलान, हिक्मतका अग्ला अग्ला शिखरहरु हाम्रा अघि होचा हुन्छन् होलान्, हामी त ईमानदारीताका एक आदर्श हौ, बफादारिताका मिसायल हौ, बहादुरका पराकाष्ट हौ लौ भन हामी कहॉ कमजोर र साना छौ र ?
१८१६ को सुगौली सन्धिले प्रष्ट रुपमा सिमाकंन गरेको हामो भूमिमा १९६२ को भारत चीन यूद्धताका राजा महेन्द्रले केहि समयका लागि भारतीय सेनालाई बस्न दिएको कालापानी आज भारतले आफ्नो भूमि भनेर हाम्रो स्वाधीनता माथि हमला गरि रहेको छ । झण्डै माल्दिपस भन्दा १०० स्कोयर कि.मि. भन्दा बढी भूमि कब्जा गरेर हाम्रो सहनशीलता,कमजोरी,नेताहरुको चाकरी पनसंगै भूपरिबेष्ठित देश हुनुको फाइदा उठाइ निरन्तर भारतले नेपाललाई हेपाह दृष्टिले हेर्दैआइ रहेको छ ।
जुन भूमि आज नेपालको नक्सामा सामेल गरेको छ त्यो भूमि भारतको हो भन्ने भारतसंग कुनै प्रमाणनै छैन । उसको तर्ककेवल आज सम्म हामीलाई बस्न दियौ आज किन आफ्नो भन्छौ र यति लामो समय सम्म कुरा नउठाउने आज किन उठाउने भन्ने कुतर्कबाहेक अरु कुनै तर्क छैन । ठिकलाई ठिक र गलतलाई गलत भन्ने हृदय चाहिन्छ । प्रयोजन जेसुकै होस यसका पछाडि राजनीतिक खेलजेसुकै हुन् केपी ओली सरकारले आफ्नो भूमि समेटेर जारी गरेको नक्सा र संसद भवनबाट सिधै भारतलाई उसैको राष्ट्रीय चिन्हमा लेखिएको वाक्या ‘सत्ये मेव जयते’ को पाठ र सत्ये मेव जयते कि सिंह मेव जयते भनेर गरेको प्रश्न गौरव गर्न लायक़ थियो ।
लडाई कायरले लड्ने हैन लडाई वीर र योद्धाले लड्ने हो। जहॉ मातृ भूमिको कुरा आउन्छ त्यसमा त प्रत्येक नागरिक एउटा सिपाही हुन्छ। लडाइको रुप जस्तो होस र जुनसुकैले सुरु गरोस लडाई हामीले जित्ने छौ किनकी हामी सत्य दाबी गरिरहेका छौ । केहि दिन देखिभारतीय मीडियाले हामीलाई आफूसंग तुलना गर्दै आफू सम्पन्न भएको र हामी कमजोर भएको निकै ध्वास देखाई रहेका छन् ।
लडाइहतियार, गोला, बारूद र बमले जित्ने भए अमेरिकाले सायद भियतनाम, इराक़, सिरिया,अफ्गानस्तान र लिबियाबाट फिर्ता हुनु पर्नेथिएन । संसारको आफूलाई मसिहा सम्झने अमेरिकाले नेपाल भन्दा सानो उतर कोरियासंग वार्ता गर्न कहिले सिंगापुर त कहिलेभियतनाम दौडिनु पर्ने थिएन । लडाई शाहसले लडिन्छ, देशका नागरिकको एकताले लडिन्छ । आज स्याल हुँयॉ मच्चाउने आतंकी गोदी मीडियाकुनै बेला पाकिस्तानलाई लल्कारदै जोर सोरले एउटा वाक्या उच्चारण गर्दै थिए फिल्ड मार्शल श्याम मानिकसोको भनाई उद्दितगर्दै “यदि कुनै मानिसले मृत्यु देखि डर छैन भन्छ भने कि त्यो गोर्खाली हुनु पर्छ कि उस्ले झुटा बोलेको हुनु पर्छ” हो त्येहि वाक्यालाई पु:नसुन्दा हुन्छ ! आफूलाई ठुलो दाइ भनेर मिचाह प्रबृति देखाउने भारतीय शासक बर्गले !
हाम्रो इतिहास झुक्ने हैन हाम्रो इतिहास जित्ने हो । सिन्धुलीगढीमा आधुनिक हातहतियारले सुसज्जित ब्रिटिश सेनालाई हाम्रा पुर्खालेगढीको किल्लामा धुलो चटाएर हराएको हामीसंग इतिहास छ । जुन देशको इतिहासनै गुलामीको छ त्यो देशले आज हामीलाई गुलामबनाउने सपना देख्दै छ । आउ दाजौ तिम्रो र हाम्रो रगत, हाम्रो रगतमा ईमानदारीताको र बिरताको सुगन्ध छ छि कायर लाछिहरु तिम्रो रगतमा त गुलामीको किटाणु होला । तिमी कस्को गुलाम भएनौ सुन्तलानत सुल्तानका गुलाम, पोर्चुगेलीका गुलाम, इटालियनका गुलाम, अफ्गानीका गुलाम, ब्रिटिशका गुलाम अरु त कति छन् कति ! गुलामीबाटै गुलामीको इतिहास रचेका मालीकका झट्केलाहरु स्वाभिमाननेपालसंग पाखुरा सिउरिदै छौ ।
आउ पल्टाउ हाम्रो इतिहास हाम्रो वीरताको गाथा आधा एसियामा कुनै बेला राज गर्ने जापनिजले हाम्रोपुर्खा संग हारेका छन्, बिश्वमा आफ्नो साम्राज्य बनाउन्छु भन्ने हिटलर हाम्रो पुर्खासंग मैदान छोडेर भागेको छ, पुरै दक्षिण अमेरिकामा आफ्नो साम्राज्य बनाउन हिडेका अर्जेंटीनीहरुलाई फकल्याडमा हाम्रो पुर्खाले धुलो चटाएको इतिहास हामीसंग छ ।
अरु कताको कुरासायद गोर्खा रेजिमेंट नहुदो हो त कारगिल युद्धमा पाकिस्तानीहरुले कसरी सबक सिकाउने थिए हामीलाई थाह छ । हामीसंग आतंकीगोंदि मीडिया आज बम, बारूद, गोली र सैनिकको तुलना गर्दै छन् । तिमीहरुले चुर्लुम्म भर पानीमा डुब्नु पर्ने हो । हामी बुद्धका सन्तान हौ, संगै विरका सन्तान पनि, बुद्ध भूमिका नागरिक हामी युद्ध चाहदैनौ । हैन हामीलाई हेपेरै र मिचेरै तह लगाउन सकिन्छ भन्ने लागेको छ भने बिषेश गरेर चाटुकारिता गर्ने भारतीय मीडिया हो एक पटक हिटलरले भनेको वाक्या पढ़ ।दोस्रो बिश्व युद्धमा हिटलरको पराजल हुदै गर्दाजर्मन सेनाका अफिसरसंग भनेका थिए रे यदि म संग गोर्खाली सेना हुदो हो त म पुरै बिश्व जित्न सक्थे ! हामी कमजोर हैनौ हाम्रो ब्याबस्था र प्रणालीसंगै नेतृत्व कमजोर हो । यति भन्दै गर्दा नेपालसंग पाखुरा नसिउरे कै राम्रो !
तिमीहरुलाई लाग्दो हो नेपाल पुरा रुपमा भारत प्रति निर्भर छ यो गलत छ आउ तथ्य पल्टाउ नेपाल भारत संग हैन भारत नेपाल संग निर्भर छ । भारतका बौद्धिक भनाउदा दरिद्रताका नमुना र चाटुकारिता गर्ने मीडियाहरु हो नेपाल भारतसंग केवल आयातमा मात्र निर्भर होआर्थिक निर्भर हैन । आयात निर्भर र आर्थिक निर्भर फरक कुरा हुन् । नेपालले आयातबाट मात्र भारतलाई १५ खर्ब बराबर उल्टो योगदानगरिरहेको छ भने भारतले केवल ३ खर्ब मात्र नेपाललाई सहयोग गर्छ । भारतले रेमिट्यान्स भित्याउने नेपाल चौथो मुलुक हो, भारतीयहरु नेपालमा झण्डै १८,२० लाख काम गर्छन् भने नेपालीहरु भारतमा १० लाख जति छन् । भारतीय बिभिन्न कम्पनीको र सामानको ठुलो बजार नेपाल हो । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने कामदारको पैसा सबै गोर्खा रेजिमेंट मिलाएर पनि ३ गुणा बढी रकम भारत जान्छ । अहिले नै भारतीय सेनामा रहेका गोर्खा रेजिमेंट फिर्ता हुनेहो भने भारतले झण्डै ५% भूभाग गुमाउनु पर्ने हुन्छ ! ल अब हेरौको को संग निर्भर रहेछ यो बहसको बिषय बन्नु पर्छ ।
हामी स्पष्ट छौ हामीलाई भारतको एक इन्च पनि भूभाग चाहिदैन र हाम्रो एक इन्च पनि भूभाग दिदैनौ । लिपुलेक,लिपियाधुरा,कालापानी भारतको लागि सामरिक महत्वको बिषय होला त्यो हाम्रो बिषय हैन । हामीलाई हाम्रो भूभाग फिर्ता हुनुपर्छ बाकी भारतको बिषय उ आफै तय गरोस् । मातृभूमिलाई परेको बेला नबोल्ने र भारतको दाना खाएर ऊसैको पक्षमा वकालत गर्नेगद्दारहरु र आफ्नो आमालाई पोइल पठाएर जारी खान पाइन्छ भनेर कुरेर बसेका बज्रस्वाठहरुसंग हिसाब किताब गर्नुनै छ । हेपाह रमिचाह प्रबृति हामीलाई स्वकार्य छैन् हाम्रो भूमि अविलम्ब फिर्ता हुनु पर्छ भन्दै गर्दा यो यति सजिलो बिषय छैन । त्यसैले अब हामीलेसंस्थागत रुपमा राष्ट्रीय सुरक्षा नीति बनाएर एकीकृत नागरिक प्रतिरोध र प्रतिरक्षा प्रणाली अपनाउनु पर्ने हुन्छ ।
समुदाय तहबाटै प्रतिरोध र प्रतिरक्षा बिकास गर्न सकेको खण्डमा हामी जित्ने छौ यसको अगुवाई नेपाली सेनाले गर्नुपर्छ । अब नेपाली सेना राष्ट्र संघकोपरायोजनमा डलरको लागि सुडान र कंगोमा लड्ने हैन नेपाल आमाको छातीमा बुट बजार्ने बिस्तरबादी भारतसंग कालापानी, लिपुलेक रलिपियाधुरामा लड्नु पर्छ । आउनुहोस् एउटै स्वरमा भनौ भारतीय बिस्तरबाद मुर्दावाद ! हामी लड्ने छौ हामी जित्ने छौ ! जय देश !





















प्रतिक्रिया