मकवानपुरको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको दाबी गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा.डा.ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको दाबी गरेका हुन्।
वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा.दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन् । सीमित स्रोतसाधन भएपनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययन अनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा.दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए ।
वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गरेका डा.दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबर्द्धक जडिबुटीबाट निर्माण गरिएको हो ।
यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनको आग्रह छ ।





















प्रतिक्रिया