कुन र कस्ता राजनेताको खाँचो नेपाल मारु प्रश्न सबैभन्दा महत्वपूर्ण र सबैको मन मस्तिष्कमा भएको देखिएको छ। आज सबै नेपाली जनताले राजनेताको खाँचो महसुस गरिरहँदा राजनेता बन्न लालायित नेतृत्व तहमा रहेका मान्छे मात्र नभएर नेतृत्व भन्दा बाहिर रहेर पनि बैकल्पिक शक्ति बन्न लालायित मान्छेहरू आफूलाई छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली को मुख्य मन्त्री अरबिन्द केजरीवालको जस्तै बैकल्पिक शक्तिबाट उदाएको राजनेता बन्ने सपना देख्ने हरू यहाँ च्याउ झै उम्रेका पनि हाम्रै आखांले देखिरहेका छौ।
यति मात्रका हो र हामी नेपालीको आँखाले कहिले पत्रकारलाई राजनेता देख्ने, कहिले कलाकारलाई राजनेता देख्ने , कहिले कर्मचारीलाई राजनेता देख्ने , कहिले सडकमा सरकारको बिरोध गर्दै चर्को स्वरले नारा बाजी गर्दै हिड्नेलाई राजनेता देख्ने बानी परिसकेको छ । यहाँ सच्चा राजनेता सिर्फ एउटा गुणमा मात्र परिभाषित छ जसको कारण पटक पटक ब्यवस्था परिवर्तन हुदां पनि एउटै गुणको आधारमा मान्छेलाई राजनेता देख्ने हामी नेपालीको दृष्टिले आज पटक पटक हामी राजनेताको नाममा ठगिएका हौ र उनीहरूको अकर्मण्यताबाट शासित हुन बाध्य छौ।
अब प्रश्न आऊछ कस्तो ब्यक्ती लाई राजनेता भन्नेरु नेपाली राजनीतिको पृष्ठभूमिमा देखिएका मध्ये कसलाई र कुन आधारमा राजनेता भन्ने ? रहेको छ । राजनीति सिद्धान्तले, बिश्वको इतिहासले, बर्तमान बिश्वमा सफल र जनताको मन मस्तिष्कमा बस्न सकेका नेतृत्वको जीवनले राजनेता कस्तो हुनुपर्छ भन्ने हामी ले बुझ्नुपर्छ। नेतृत्व गर्दै गर्दा जो जनहित मार्फत जनताको मन मस्तिष्कमा बस्न सफल हुन्छ ऊ नै राजनेता हो भन्ने बुझ्नुपर्छ।राजनेता बन्न सक्ने नेतृत्व भित्र यी बिशेषता हुन्छ ।
”नेतृत्व मानिसको ब्यक्तीगत शक्ति हो। यो पदिय शक्ति होइन ।पदिय शक्तिले राजनेता होइन तानाशाह जन्माउँछ । तर ब्यक्तीगत शक्तिबाट बनेको नेतृत्व जहिले पनि सफल हुन्छ । महात्मा गान्धी, माउसेतुङ, नेलसन मण्डेला, बिपी कोइराला र मदन भण्डारी ब्यक्तीगत शक्तिले राजनेता बनेका हुन् भने किम जोङ, राहुल गान्धी इत्यादि ब्यक्ती पदिय शक्तिले नेतृत्व बनेका हुन्।”
”प्रभाव ब्यापक हुन्छ. राम्रो काम र बिचारबाट राम्रो प्रभाव हुन्छ भने पदिय दबाब बाट पनि प्रभाब हुन्छ। तर पदिय दबाबको प्रभाव निरङ्कुश वा तानाशाही हुन्छ भने बिचार र जनहितको प्रभावले नेतृत्व लाई हृदयले मान्छन् जसबाट राजनेता पैदा हुन्छ।”
”अगाडि बढ्दै जानु.राजनेता बन्ने क्षमता भएको ब्यक्तीको संगठनको प्रगतिमा बृद्धि हुदै जान्छ। जस्तो सुकै परिस्थितिमा पनि संगठनको काम रोकिँदैन भने त्यो नेतृत्वमा राजनेता हुने क्षमता छ भन्ने बुझ्नुपर्छ।”
”सामानताको भाबना नेतृत्व त्यो हो जसले कहिले पनि आफूलाई नेता र अरूलाई कार्यकर्ता सम्झन्दैन। चेला, चपाटा, फलोअर बढाउने, आफ्नो आफैले प्रसंसा गर्ने नेतृत्व कहिले पनि राजनेता बन्न सक्दैन् । राजनेता त्यो हो जसले आफ्नो फाईदा हेर्दैन सिर्फ देश र जनता तथा समाज र समुदायको हित हेर्छ। उसले कसैलाई गाली गर्दैन र दुश्मनी पनि गर्दैन। सबैप्रति समानता को भावना हृदय मा राख्दै आफू मात्र नेतृत्व होइन आफू जस्तै अन्य लिडर जन्माउने क्षमता राख्छ ।”
अर्थात् लिडिङ लिडर लाई लिड गर्न सक्ने क्षमताबान ब्यक्ती नै बास्तबिक राजनेता हो जसको कारण उसको संगठनमा मानिस निःस्वार्थ लाग्दै संगठनको उद्देश्यलाई आफ्नो उद्देश्य सम्झेर दिलो ज्यान दिएर लाग्छन् । जसको कारण अन्य ब्यक्ती पनि सक्क्षम नेतृत्व बन्न सक्छ र संगठन हुदै राष्ट्र हाक्न सक्ने क्षमताबान नेतृत्व जन्मिन्छ । जुन नेतृत्वले समाज र समुदायको उद्देश्यलाई आफ्नो उद्देश्य बनाउन जनतालाई प्रेरित गर्छ त्यस्तो नेतृत्व को पछाडि जीवन भर मान्छे मुटु दिएर लाग्छन् भने त्यो नै भबिष्य को राजनेता हो भन्ने बुझ्नुपर्छ।
राजनेता ब्यक्तीको संगठनमा आजिबन एउटै मान्छे साथमा हुन्छन्। त्यहाँ गुटबन्दी हुदैन। त्यहाँ आफ्नोपन हुन्छ जसको कारण संगठन झन झन सुदृढ र मजबुत बन्दै अगाडि बढ्छ भने त्यस्तो संगठन को नेतृत्व गर्ने नै वास्तबिक राजनेता हो भन्ने बुझ्नुपर्छ । नेपालमा बिपी कोइराला जस्तो राजनेताको नेतृत्वमा नेपाली काँग्रेस एकढिक्का भै उनको समय सम्म अगाडि बढ्दै गयो । भलै आज नेपाली काँग्रेस टुटफुट भै गुटबन्दी हुदै आजको दिन सम्म आउदै गर्दा नेपालको एक सफल राष्ट्रिय पार्टी बन्न सकेको छ । अर्को तिर मदन भण्डारीको नेतृत्वमा नेकपा पार्टी पनि उनको जीवन अबधि सम्म एकढिक्का हुदै बहुदलीय जनवादको सिद्धान्तलाई आज सम्म मान्दै एक सफल नेकपाको स्थानमा छ ।
तसर्थ यी दुवै नेतृत्व राजनेता हुन् जसले आफ्नो जीवन कालभरि एउटा संगठनलाई एकीकृत गरि उच्च तहमा पुर्याउने काम गरे। जसको कारण यी नेतृत्वहरू नेपालको राजनेताको श्रेणीमा आउछन् ।यति मात्र होइन राजनेता मा यी गुण पनि हुन्छन्।
१. संगठनमा एकता कायम गर्न सक्ने क्षमता ।
२. आफ्नो अनुयायीको भावनालाई बुझ्न सक्ने र संगठनमा प्रजातान्त्रिक पद्धति अनुसरण गर्न सक्ने क्षमता।
३. सम्बन्धित बिषयमा बिज्ञहरूको सल्लाह बमोजिम निर्णय गर्न सक्ने क्षमता।
४. उचित स्थानमा उचित मान्छे चयन गर्न सक्ने क्षमता
५. कामको उचित मुल्यांकन गर्न सक्ने क्षमता ।
६. जनभावना अनुसार आफ्नो ब्यबहारमा परिबर्तन गर्न सक्ने क्षमता ।
७. अरूको निन्दा नगरी सिर्फ आफ्नो गल्ती केलाउन सक्ने क्षमता।
८. अपमानलाई सहनसक्ने क्षमता।
९. परिस्थिति अनुरूप बिचारमा लचकता
१०. अरूको भाबना बुझ्दै उनीहरूको निर्णय र सुझाव ग्रहण गर्न सक्ने क्षमता ।
११. अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय राजनीतिको जानकारी मार्फत कुटनीति मर्यादा कायम गर्दै राष्ट्रिय शक्तिमा बृद्धि गर्दै बैदेशिक सम्बन्धलाई असंलग्नताको आधारमा अगाडि बढाउन सक्ने क्षमता
१२. भाषण कला र बिषयलाई बुझाउन सक्ने क्षमता। (नेपालमा आज यही एउटा गुणको आधारमा नेतृत्वलाई राजनेता देख्ने बानी छ) तर यहाँ नेतृत्वमा भाषण कलामा क्षमता हुँदा हुँदै सरल भाषा प्रयोगलाई हेला गर्दै राजनीति बिषयमा साहित्यिक भाषा र धुमाउरो तथा अफ्ठ्यारो शब्दको प्रयोग मार्फत नेपाली जनतालाई बताईएका गणतन्त्र, संधियता, धर्म निरपेक्षता र लोकतान्त्रिक पद्धतिले जनताको मन मस्तिष्क घर बनाउन सकेन।
यी बिषयलाई नेपाली जनतालाई बुझाउन नसक्दा आज नेपाली नेतृत्व राजनेता बन्नबाट पछि परे। जसले राजनीति सिद्धान्तको साधारण जानकारी समेत प्रष्ट रूपमा सर्बसाधारण नेपालीलाई बुझाउन समेत क्षमता राखेनन् राजनेता बन्नु त उनीहरूको लागि धेरै टाढाको कुरा भयो। यति मात्र होइन यी बिषयहरू बुझाउन नसक्दा यो ब्यबस्था कै भबिष्य नै कमजोर पनि देखिन थाल्यो।।
तसर्थ राजनेतामा भाषण कला मात्र होइन भाषण भित्र रहेको गुदि कुरा बुझाउन सक्ने क्षमता नी हुनुपर्छ । यसरी यी गुणहरूले युक्त ब्यक्ती यदि कुनै नेतृत्व छ भने त्यो नेतृत्व नै राजनेता हो जसले संचालन गरेको राज्य नै एक लोकतान्त्रिक मूल्य र मान्यता बोकेको प्रगतिको पथमा अग्रसर राष्ट्र बन्छ। यी सम्पूर्ण गुणहरू भएका ब्यक्तीलाई मात्र राजनेता देखौ सबैलाई राजनेता हामी नदेखौ । राजनेता पहिचान गर्न नेतृत्वमा यी सम्पूर्ण गुणहरूलाई आजैबाट केलाएर मुल्यांकन गरौ ।





















प्रतिक्रिया