Logo

सुदूरपश्चिम प्रदेश

डोटीमा बस दुर्घटना हुँदा तीनको मृत्यु, ३२ घाइते



डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा भएको दुर्घटनामा परि तीन जनाको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीबाट अछामका जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । केहि घाइतेलाई जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रहरीले जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।

बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ११:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।